May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

प्रधानमन्त्री भ्रमणमा व्यस्त

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० ११:१४
प्रधानमन्त्री भ्रमणमा व्यस्त
  • पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा पुगे
  • चिनियाँ टोलीले सांस्कृतिक झाँकीसहित स्वागत गरे
  • साँझ वाङले आयोजना गरेको रात्रीभोजमा सहभागी हुने

काठमाडौं ।।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा पुगेका छन् । सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन् । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ टोलीले सांस्कृतिक झाँकीसहित स्वागत गरेको थियो ।

आज साँझ प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आजै साँझ वाङले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर एवं कैलाश पर्वत र ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालय भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वाला लगायत छन् । प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट ३० सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० ११:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।