July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बालकहरु प्रयोग गरी सिक्री चोर्ने पक्राउ

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १६:४३
बालकहरु प्रयोग गरी सिक्री चोर्ने पक्राउ
  • सिक्री चोरेर भाग्ने गिरोह पक्राउ
  • बालकसहित पर्साका तीन जना पक्राउ
  • अन्य चोरीको घटनामा पनि संलग्न भएको आशंकामा अनुसन्धान

विराटनगर ।।

दिनदहाडै सिक्री चोरेर भाग्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरबाट एक बालकसहित पर्साका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका-६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालक छन् । शनिबार बेलुका सुलकपुरस्थित बजारमा तरकारी किन्दै गरेकी सुन्दरहरैँचा-९ की निर्मला राईको घाँटीबाट विशालले सिक्री चोरेका थिए ।

बजारमा सिक्री चोरेर भागेका उनलाई स्थानीयले पक्रिएर प्रहरीको जिम्मा लगाए । तर, उनको साथमा सिक्री भेटिएन् । बजारमा उनको नजिकै रहेका १० वर्षीय बालकको साथबाट सिक्री भेटियो । बालक बिशाल र उमेश चोरी हुनुअघि सँगै थिए ।

विशालले सिक्री चोर्नासाथ १० वर्षीय बालकलाई थमाइदिएर भागेको प्रहरीले बताएको छ । प्रहरीले बालकको साथबाट सिक्री बरामद गरेपछि उनीसँगै रहेका उमेशलाई पनि नियन्त्रणमा लियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा तीनै जना पर्साबाट योजनावरुद्ध रुपमा चोरीका लागि आएको देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।

‘बालकलाई प्रयोग गर्नुले सिक्री चोर्नका लागि योजनावरुद्ध रुपमा आएको देखिन्छ,’ उनले भने, ‘यसअघि विराटनगरमा पनि सिक्री चोरीको घटनामा बालकको प्रयोग भएको थियो ।’

बालकलाई शंका नगर्ने र सजाय पनि कम हुने भएकाले यसरी प्रयोग गरेको देखिएको उनले बताए । ‘कानुनको छिद्र प्रयोग गर्दै बालकलाई यस्तो घटनामा संलग्न गराएको देखिन्छ,’ उनले भने ।

सिक्री चोरेको आरोपमा पक्राउ परेकाहरु होटलमा बस्ने र गाडीमा हिड्ने गरेको देखिएको प्रहरीले बताएको छ । अन्य चोरीको घटनामा पनि संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए ।

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्