काठमाडौं ।।
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ ।
छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका थिए । कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य-मान्यतावको विपरीत भएकोले केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।
नेविसंघका नेता पोखरेललगायतले सेवा आयोगका अध्यक्ष प्रा. डा. दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेका थिए ।