May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ?

सरकारले ८५ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदै

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० १५:२३
सरकारले ८५ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदै

काठमाडौँ । सरकारले ८५ हजार रासायनिक मल ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ६० हजार युरिया र २५ हजार डीएपी मल ल्याउन लागिएको हो ।

मन्त्रालयका अनुसार ३० हजार मेट्रिक टन युरिया मल विशाखापटनमबाट नेपाल आयात हुने क्रममा रहेको छ । यस्तै, थप ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी सिपमेन्ट हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

रासायनिक मल करिब साढे ७२ हजार मेट्रिक टन मल मौज्दात छ । मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकका अनुसार ७२ हजार ४५८ मेट्रिक टन रासायनिक मल मौज्दात भएको हो । यसमध्ये युरिया ४० हजार ७६७ मेट्रिक टन, डीएपी २६ हजार ८५४ मेट्रिक टन र पोटास ४ हजार ८३६ मेट्रिक टन रहेको मन्त्रालयको तथ्यांकमा छ ।

यस्तै, मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिडेटसँग ३२ हजार ५७९ मेट्रिक टन मौज्दात छ । साल्ट ट्रेडिङ कम्पनी लिमिडेटसँग ३९ हजार ८७९ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।