May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

सुनकोशी अवलोकन गर्न पुगे बाबुराम भट्टराई

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १३:५0
सुनकोशी अवलोकन गर्न पुगे बाबुराम भट्टराई
  • बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनाको गरे अवलोकन
  • डा. भट्टराई अवलोकन गर्न बिहीबार सुरुङ निर्माणस्थल पुगे
  • युगान्तकारी परियोजनालाई उच्च महत्व दिएर अघि बढाउनुपर्नेमा जोड

काठमाडौं।।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनाको अवलोकन गरेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग उक्त परियोजनाको अवलोकन गर्न बिहीबार सुरुङ निर्माणस्थल पुगेका थिए ।

परियोजना अवलोकनका क्रममा अध्यक्ष भट्टराईले पूर्वपश्चिम बग्ने नदी डाइभर्सन गरेर तराई मधेसमा सिंचाइ गर्न सक्दा ठूलो आर्थिक क्रान्ति सम्भव हुने बताए । उनले यस्ता युगान्तकारी परियोजनालाई उच्च महत्व दिएर अघि बढाउनुपर्नेमा जोड दिए ।

‘कालीगण्डकी, त्रिशूली, सुनकोशीजस्ता नदीको डाइभर्सन गरेर तराई मधेसमा सिंचाइ गर्न सक्दा ठूलो आर्थिक क्रान्ति सम्भव हुन सक्छ,’ उनले भने, ‘सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी नदीमा बाँध बाँधेर तराईका पाँच जिल्लामा सिंचाइ तथा ३१.७ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य यस परियोजनाको छ ।

सिन्धुलीको खुर्कोटमा हेडवर्क निर्माण गरी १३.२ किलोमिटर सुरुङमार्फत सुनकोशी नदीको पानी मरिन नदीको किनारमा  पुर्याउने तयारी छ।

सुरुङमार्फत ल्याएको पानीलाई सिन्धुलीको कमलामाई नगरपालिका २, कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइनेछ । त्यहाँ विद्युत उत्पादनपछि बग्ने पानी मरिन नदी हुँदै बागमतीमा पुग्नेछ । बागमती सिंचाइ आयोजनाबाट करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

  • साझा परिवेश
  • -