May 27, 2024 | सोमवार, जेष्ठ १४, २०८१
सुचनाहरु
नारायणगढ-मुग्लिन सडकमा चारवटा गाडी ठोक्किँदा १ जनाको मृत्यु, २२ घाइते आइपिएलको उपाधी कोलकाता नाइट राइडर्सले जित्यो आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ? संसदको गतिरोध हटाउन एकीकृत समाजवादीले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण नारायणगढ–मुग्लिन सडकमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु शेयर बजार २२ अङ्कले घट्यो विमानस्थलको पार्किङबाट सुनजस्तो देखिने धातुसहित महिला पक्राउ नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित बजेट वक्तव्य पढ्नुअघि सहमति हुन्छ- प्रधानमन्त्री ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’ : सांसद चित्र बहादुर केसी विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो- डा. स्वर्णिम वाग्ले आज कति छ सुनचाँदीको मूल्य ? कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या ,अस्पताल भर्ना कस्तो रहला आजको मौसम ? पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्स नेपालसग ६ रनले पराजित गायिका अभय सुब्बाले ‘सन्दीपका समर्थकले मलाई अनफ्रेन्ड गर्नु’ भनेपछि राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने बालेनले संघीय सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु

क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २, २०८१ १२:५४
क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ५ समितिका संयोजक र सदस्य तोकेको छ । क्यानले प्रतियोगिता, विकास, अनुशासन, प्राविधिक र महिला क्रिकेट विकास समिति गरी ५ समितिमा बुधवार संयोजक र सदस्य तोकेको हो ।

प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले हुँदा सदस्यमा अर्जुन पौडेल, सुदिप शर्मा, श्रीधर केसी, मो. दाउद अन्सारी र देवेन्द्र प्रजु छन् । विकास समितिमा धिरेन्द्र सावद संयोजक र करन महत्रा क्षेत्री, ऋषिराम गौतम, मनिष सिंह र अल्विन बस्नेत सदस्य छन् ।

अनुशासन समिति संयोजक सुदीप शर्मा हुँदा सदस्यमा रोचक रेग्मी र सुनिल कार्की छन् । प्राविधिक समितिको संयोजकमा विक्रम विष्ट र आयुष श्रेष्ठ, संजयकान्त सिग्देल, विनयकुमार झा र महेश रिजाल छन् ।

महिला क्रिकेट विकास समिति प्रदीप मजगैंया संयोजक र जयन्तिदेवी भट्ट सदस्य छन् । सबै समितिका संयोजक र सदस्यको कार्यकाल २ वर्षको हुनेछ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २, २०८१ १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट