July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २, २०८१ २0:५२
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार

काठमाण्डौं । युगल कविता लेखन प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै तनहुँ व्यास ५ का सरोज ओझा भानुसिंह साहित्य पुरस्कार विजेता बनेका छन् । ४८ कवि मध्ये शिर्ष एघारमा पर्दै तनहुँ व्यास ५ का ओझाले भानुसिंह साहित्य पुरस्कार जितेका हुन । नेपालका ओझासहित अन्य ६ देशका ११ जना विश्व कविहरुले उक्त पुरस्कार आफनो हात पारेका छन् । साहित्यकार रवीन्द्रनाथ टैगोरको अमर विरासतको सम्झनामा आयोजित प्रतियोगितामा ओझाले भारतकी कवि डा.तस्नीम उस्तादसँग मिलेर आँखाबाट हुने प्रेमिल भावलाई कविता मार्फत प्रस्तुत गरेका थिए ।


बंगलादेशको ढाकामा रहेको द डेली ग्लोबल नेसन र भारतको कोलकातामा रहेको ग्लोबल राइटर्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विश्वभरबाट कुल ४८ जना कविहरु प्रतिस्पर्धामा थिए । पुरस्कार विजेतामा मेसोडेनियाली कवि गोरडाना एन्डोनोव्स्का, वोत्स्ववनाका केनेथ मस्वाबी, टयुनिसियाबाट मिरियम गेजेल बेन ब्राहिम, फिलिपिन्सका मार्लोन सलेम ग्रुजो बोन्ड्रोफ, अजरवैजानकी एल्माया काबारोवा र भारतीय कविहरु कुमार मलाय, शुची पात्रा, हर्षद पण्डित, डा तस्नीम उस्ताद, देबश्रिता बसु छन् ।

अवार्ड हासिल गरेपछि नेपालका कवि सरोज ओझाले खुसी व्यक्त गर्दै आयोजक र समकक्षी डा उस्ताद प्रति आभार व्यक्त गरे । विश्वले रवीन्द्रनाथ टैगोरको चिरस्थायी विरासतलाई मनाउने क्रममा आयोजित प्रतियोगिता र लेखन कलाप्रतिको सम्मानले कविताको कलालाई प्रेरणा दिदै माथि उठाउनेमा आफू विश्वस्त रहेको उनले जनाए ।

कालातीत कलात्मकता र कवि रविन्द्र नाथ टैगोरको स्थायी प्रभावको वास्तविक उत्सव मनाउने क्रममा ग्लोबल राइटर्स एकेडेमीले भर्चुअल प्लेटफर्म मार्फत लिखित रूपमा कविता आव्हान गरेसँगै आफु प्रतिस्पर्धामा होमिएको ओझाले बताए ।

रवीन्द्रनाथ टैगोरको जन्मजयन्तीको स्मरणमा भानुसिंह पुरस्कार प्रदान गर्ने गरिन्छ । भारतीय कविताको परम्परागत विधा मानिने भानुसिंह कविताहरूले राधा र कृष्ण बीचको प्रेमको वर्णन गर्दछ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २, २०८१ २0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट