काठमाडौं ।।
हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत उनले बजारमा ल्याएका हुन् ।
स्वरमा लेडिज भोकलमा हरिवंशलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । गायन र नृत्यमा लागेका व्यक्तिहरूको भावनालाई गीतले समेटेको छ । फाष्ट विटको गीतले नाच्ने गाउँने मान्छेको पेसालाई गीतले सम्मान गर्छ ।
गीतको भिडियोमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । भिडिओलाई गम्भीर विष्टले निर्देशन गरेका छन् ।