April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

२० हजार टन चिनी १५ प्रतिशत छुटमा ल्याउँदै

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १३:२१
२० हजार टन चिनी १५ प्रतिशत छुटमा ल्याउँदै
  • चाडपर्वलाई लक्षित गर्दै भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने
  • २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय
  • अब १५ प्रतिशत भन्सार महसुल छुटमा चिनी ल्याउन पाउने

काठमाडौं ।।

सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०-१० टन चिनी आयात गर्नेगरी भन्सार छुटको निर्णय भएको मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए ।

‘चिनीमा ३० प्रतिशत भन्सार महसुल लाग्छ । मन्त्रालयले २० हजार टन चिनी आयात गर्न दुई कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको छ,’ शर्माले भने, ‘अब १५ प्रतिशत भन्सार महसुल छुटमा चिनी ल्याउन पाउने छन् ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि भन्दै ६० हजार चिनी आयातको अनुमति माग गरेको थियो । तर, नेपाली बजारमा चिनी रहेको र बजार मूल्यमा हस्तक्षेपका लागि सो परिमाणमा चिनीको भन्सारमा सहुलियत दिएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाली बजारमा अहिले चिनीको थोक मूल्य १०५ रुपैयाँ छ । तर, बजारमा खुद्रामा ११५ रुपैयाँसम्ममा चिनीको बिक्री भइरहेको छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।