July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

विषयगत समितिको सभापति चयन

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १0:५६
विषयगत समितिको सभापति चयन
सुर्खेत । कर्णाली प्रदेश सभाका सबै विषयगत समितिको सभापति चयन गरिएको छ । समितिका सभापतिको आइतबार सम्पन्न निर्वाचनमा समितिका सबै सभापति निर्विरोध चयन भएका हुन् ।

कर्णाली प्रदेश सभामा चार वटा विषयगत समिति रहेका छन् । प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेश मामिला समितिको सभातिमा प्रदेश सभा सदस्य कल्याणी खड्का, सामाजिक विकास समितिको सभापतिमा धनश्याम भण्डारी, सार्वजनिक लेखा समितिको सभापतिमा जीतबहादुर मल्ल र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दुर्गबहादुर रावत चयन हुनुभएको छ ।

प्रदेश सभाको पहिलो बैठक चार महिनापछि समितिको सभापतिको निर्वाचन भएको हो । यसअघि सभामुख नन्दा गुरुङले विषयगत समितिको सदस्य मनोनीत गर्नुभएको थियो । समितिका सदस्यबाट सभापतिमा एक/एक जना सदस्यलाई निर्वाचित गरिएको हो । सभामुख गुरुङले आइतबार नै नवनिर्वाचित समितिका सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

प्रदेश सभाका विषयगत समितिले प्रदेश सभाको भूमिकालाई प्रभावकारी बनाउन, नियमित र आकस्मिक कार्यलाई निरन्तर अघि बढाउन भूमिका खेल्छन् । यस्तै प्रदेश सभाबाट समितिमा आएका विधेयकलाई परिमार्जन गर्ने, प्रदेश सभाका काम कारबाहीप्रति प्रदेश सभा सदस्यलाई जागरुक बनाउन तथा जिम्मेवार बनाउन र प्रदेश सरकारलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन, प्रदेश सरकारका भएगरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन, राय सल्लाह दिने महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्