May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सम्पत्ति छानबिन गर्न आयोग बनाउनु पर्छ : पुन

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १५:२९
सम्पत्ति छानबिन गर्न आयोग बनाउनु पर्छ : पुन
  • २०४६ सालपछि सत्तामा भएका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ 
  • राजनीतिक शुद्धीकरण र यसैको आधारमा पार्टीमा शुद्धीकरण आउँछ 

काठमाडौं ।।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनले २०४६ सालपछि सत्तामा भएका सबै नेताहरूको सम्पत्ति छानबिन तथा भ्रष्टाचार निवारणका लागि सर्वशक्ति सम्पन्न आयोग निर्माण गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय समितिको चौँथो पूर्ण बैठकको तेस्रो दिन प्रस्तावित प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा नेता पुनले यस्तो प्रस्ताव गरेका हुन् । उनले नेपालको राजनीति, हरेक पार्टी, हरेक तहका नेताहरूलाई दलालहरूले गाँजेको भन्दै त्यसैले राजनीतिक शुद्धीकरण र यसैको आधारमा पार्टीमा शुद्धीकरण पनि हुने बताए । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदन मूलभूत हिसाबले सही भएकोले त्यसको मूल स्पिरिटमा समर्थन गर्ने उनले बताए ।

‘पार्टीमा साँच्चै निराशा र अन्यौलता थियो । हाम्रो नेतृत्वमा बनेको सरकार भ्रष्टाचार विरूद्धको लडाइँ, सुशासन र अन्य पहलकदमीसहित अगाडि बढेपछि आशा पलाएको छ,’ पुनले बैठकमा आफ्नो धारणा राख्ने क्रममा भने, ‘अब माओवादी पार्टी बन्ने वातावरण बनेको छ । तर यसलाई गलत ढंगले अन्यत्र मोड्ने खतरा त्यतिकै छ ।

यसलाई चिर्न र पार्टी निर्माण गर्न मात्र होइन, देशकै राजनीतिक भविष्यको आशाको नेतृत्व गर्नमा अधिकतम सफलता हासिल गर्नुपर्दछ ।’अहिले बनेको वातावरणलाई उपयोग गर्दै कस्तो शिक्षा, कस्तो स्वास्थ्य, कस्तो कृषि, कस्तो रोजगारी भन्ने सैद्धान्तिक ज्ञान र भिजनसहितको पार्टी निर्माणको अभियान चलाउनु पर्ने भन्दै उनले यसबाट समाजवादको आधार बनाउनेतर्फ उद्दत गर्ने बताए ।

स्थानीय स्तरमा कृषिको उत्पादन, पारिवारिक खेती, सहकारी र समुदायको माध्यमबाट स्थानीय अर्थतन्त्रको प्रवर्धन गर्न ठोस् खाकासहित अभियानमा लाग्नु पर्ने उनको प्रस्ताव छ । सरकारको सम्पूर्ण कार्यक्रमलाई उत्पादन, रोजगारी र औद्योगिकीकरणमा केन्द्रित गर्नुपर्ने उनको सुझाव छ ।

यसका लागि विधेयकहरूलाई संघीयताको लयमा मिलाउनु पर्ने भन्दै अहिले कृषि, शिक्षा लगातका विधेयकहरूले संघीयताको लय नपकडेको भनेर आलोचना भइरहेको बारे जानकारी गराए ।

 

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।