May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

रवि : कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ, संसद चल्दैन, के गर्न खोजेको ?

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १७:0४
रवि : कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ, संसद चल्दैन, के गर्न खोजेको ?
  • प्रतिनिधि सभाको बैठक नचलेकोमा रविको आक्रोश
  • १ बजेको बैठक ४ बजेका लागि सारियो 
  • संसद चल्दैन, बार्गेनिङ मात्र चल्छ

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो । ४ बजेका लागि सारिएको बैठक पनि पौने पाँच बज्दा समेत सुरु भएको छैन । यस सन्दर्भमा रास्वपा सभापति लामिछानेले आक्रोश पोखेका हुन् ।

‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ ।’

त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक क्विन्टल सुन प्रकरणमा प्रमसख प्रतिपक्षी नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति माग गरिरहेको छ । सत्तारुढ दलहरु सरकारले जारी राखेको अनुसन्धान एउटा टुंगोमा नपुगी अर्को समिति बनाउन तयार भएका छैनन् ।

यही विषयमा कुरा नमिल्दा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रभावित हुँदै आएको छ । एमालेले यस प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर साउन १० गते देखि संसदीय संसदको दुवै सदनको बैठक चल्न दिएको छैन ।

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।