May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

साइरनले नटेरेपछि हात्ती धपाउन ड्रोनको प्रयोग

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १३:0४
साइरनले नटेरेपछि हात्ती धपाउन ड्रोनको प्रयोग
  • हात्ती धपाउन ड्रोनबाट गस्ती सुरु 
  • साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन

विराटनगर ।।

भारतबाट आएका जंगली हात्तीले आतंक मचाउन थालेपछि मोरङको एउटा स्थानीय तहले ड्रोनबाट गस्ती सुरु गरेका छन् । बेलबारी नगरपालिकाले ड्रोनको प्रयोग गरेर हात्ती भगाउन थालेको हो । सुरुमा बेलबारी नगरपालिकाले एम्बुलेन्स र दमकलको साइरन बजाएर हात्ती भगाइरहेको थियो । तर साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन प्रयोग गरिएको बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले जानकारी दिए । ‘एम्बुलेन्स र दमकलको साइरनबाट भाग्ने हात्ती अहिले थेतरो भएछन्, भाग्नै छाडे,’ उनले भने, ‘ड्रोनको प्रयोग गर्दा बस्ती निस्किएका हात्ती जंगलतर्फ भागिरहेका छन्, कति प्रभावकारी हुन्छ हेरौं ।’

करिब डेढ महिनाअघि भारतबाट झापाको बाहुनडाँगी हुँदै छिरेको हात्तीको बथानले झापा, मोरङ र सुनसरीमा जंगल आसपासका बस्तीमा आतंक सृजना गरेको छ । स्थानीयले लगाएको बाली पनि हात्तीले नष्ट गरिरहेको छ । अनिल प्रधानसहितको टोलीले साइरन जडान गरिएको ड्रोनबाट हात्ती धपाइरहेका छन् । साइरन जडान गरिएको ड्रोनले हात्ती भगाउन सजिलो पनि भएको छ । उनका अनुसार साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ । हात्तीको नजिकै लगेर आवाज बजाएपछि हात्ती जुन बाटो आएको हो त्यही बाटो भाग्ने गरेको प्रधानले बताए । ड्रोनबाट बस्ती र बालीनालीमा पस्ने हात्ती धपाउन सजिलो हुने उनको अनुभव छ ।

भारतबाट छिरेको हात्तीको आक्रमणबाट तीन जिल्लामा एक महिनामा पाँच जनाको मृत्यु भइसकेको छ । झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको मृत्यु भएको हो । यी जिल्लामा ६० भन्दा बढी हात्तीको छुट्टा छुट्टै बथान छ । हात्तीको आक्रमणबाट ४ पुसमा हल्दिबारी गाउँपालिका-२ पाराखोरी बस्ने ६० वर्षीय पाठल राजवंशीको मृत्यु भएको थियो । मंसिर १८ गते बेलबारी १० भाउन्नेमा ५३ वर्षीय कमल माझीको मृत्यु भएको थियो । १५ मंसिरमा झापाको हल्दिबारी–३ को रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर बनलाई डिउटीमै रहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

१३ मंसिरमा हात्तीको आक्रमणबाट सुनसरीको इटहरी उपमहानगरपालिका-२ का रविन खड्काको मृत्यु भएको थियो । ५ मंसिरमा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । हात्तीको आक्रमणबाट तीन जिल्लामा ६ जना घाइते  भएका छन् । हात्तीकै कारण झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा गरी ३७ लाख ८५ हजार बराबरको भौतिक क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट