May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

तामाकोशीमा माछा मार्न गएका १४ वर्षीय तिरिस पहिरोमा हराए

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० ११:४९
तामाकोशीमा माछा मार्न गएका १४ वर्षीय तिरिस पहिरोमा हराए
  • माछा मार्न गएका तिरिस पहिरोमा पुरिए
  • १४ वर्षीय तामाङ साँझ ६ बजेतिर माछा मार्न गएका फर्किएनन् 
  • पहिरो हटाएर निकाल्ने प्रयास जारी 

 दोलखा । रन्जना काफ्ले ।।  

खुशी हुँदै तामाकोशी किनारमा माछा मार्न गएका तिरिस पहिरोमा पुरिएका छन् ।  बिगु-२ का १४ वर्षीय तिरिस तामाङ साँझ ६ बजेतिर माछा मार्न गएका बेला पहिरोमा पुरिएका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी बिश्वास भण्डारीका अनुसार पहिरोमा पुरिएका तामाङलाई पहिरो हटाएर निकाल्ने प्रयास भइरहेको छ ।

अरु तीन जना साथीसँग तिरिस तामाङ माछा मार्न भनेर तामाकोशी गएका थिए । एक्काशी एक सय मिटर माथिबाट पहिरो खसेपछि उनी पुरिए । उनका साथीहरु भने भागेर ज्यान जोगाउन सफल भएका सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

‘राति ९ बजेतिर  प्रहरीलाई  जानकारी  भयो । रातिको बेला भएकाले तिरिसलाई खोज्न असहज भएकोले हिजो फेला परेनन् । आज बिहान भने पहिरोमा पुरिएको अवस्थामा उनको खुट्टा देखिएकोले खोज्नलाई पहिरो पन्छाउने काम भइरहेको छ,’ उनले भने ।

पहिरोमा पुरिएका तामाङलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले इन्सपेक्टर राजेश सिग्देलको टोलीलाई  घटनास्थलतर्फ परिचालित गरिएको जनाएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।