May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

जनकपुरको प्रयोगविहीन मोडुलर ओटी सञ्चालनमा ल्याइयो

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १३:१२
जनकपुरको प्रयोगविहीन मोडुलर ओटी सञ्चालनमा ल्याइयो
  • प्रयोगबिहीन रहेको मोडुलर ओटी सञ्चालनमा 
  • युरो जेनरल र अर्थो विशिष्ट शल्यक्रिया कक्ष सञ्चालनमा आयो 
  • विशेषज्ञ भेटिए लगतै न्युरो सर्जरी पनि सुरु हुने 
  • मधेश सरकारले एक वर्षअघि करिब १० करोड खर्चेर तीनवटा मोडुलर ओटी राख्यो 

जनकपुरधाम ।।

प्रादेशिक अस्पताल जाकपुरमा एक वर्षअघि उद्घाटन गरेर प्रयोगबिहीन रहेको मोडुलर ओटी ( विशिष्ट शल्यक्रिया कक्ष) सञ्चालनमा आएको छ । युरो जेनरल र अर्थो विशिष्ट शल्यक्रिया कक्ष सञ्चालनमा आएको अस्पतालक प्रवक्ता चर्मरोग विशेषज्ञ डा. रामज्ञान यादवले जानकारी दिए । उनले अब ल्याप्रोस्कोपी विधिबाट पनि बिरामीको शल्यक्रिया सुरु भएको बताए ।

न्यूरो सम्बन्धी जनशक्ति नभएका कारण न्युरो ओटी सञ्चालनमा ल्याउन नसकेको उनको भनाइ छ । ‘प्रादेशिक अस्पतालमा न्यूरो सम्बन्धी विशेषज्ञ छैन । हामीले खोजी गरिरहेका छौं । जनशक्ति भेटिए लगतै न्युरो सर्जरी पनि सुरु हुन्छ’, उनले भने ।

मधेश सरकारले करिब १० करोड खर्चेर तीनवटा मोडुलर ओटी एक वर्षअघि स्थापना गरेको थियो । ३० भदौ २०७९ मा तत्कालीन सामाजिक विकास मन्त्री नवलकिशोर साहले नवनिर्मित तीनवटा मोडुलर अपरेशन थिएटरको उदघाटन गरेका थिए ।

तर वर्षदिन बित्न लाग्दा समेत सञ्चालनको कुनै अत्तोपत्तो थिएन । यसबारेमा सोमबार प्रकाशन समेत गरेको थियो । प्रादेशिक अस्पतालमा पहिलादेखि दुईवटा शल्यक्रिया कक्ष मात्र सञ्चालनमा छ । जनशक्ति अभावमा दुईवटा शल्यक्रिया कक्षबाट दिन तोकेर पालैपालो उपचार सेवा दिने गरिएको छ । जटिल प्रकृतिका बिरामी अन्यत्र रेफर गर्ने गरिन्छ ।

मधेश प्रदेश सरकको ठूलो र गौरवको प्रादेशिक अस्पताल पछिल्लो समय मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको छ । हाल ३५० बेडको अस्पताल सय बेड धान्ने जनशक्तिले चलिरहेको अस्पतालका प्रवक्ता डा। यादवले बताए । जनशक्ति पदपूर्ति नभएसम्म शल्यक्रिया बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने छ । ईमर्जेन्सी बाहेकका बिरामीले शल्यक्रियाका लागि पालो कुर्नै पर्ने उनको भनाइ छ ।

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।