May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ?

धरानमा डेंगु संक्रमित उच्च

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १५:१७
धरानमा डेंगु संक्रमित उच्च
  • धरानमा डेङ्गु संक्रमित बढे
  • वडा कार्यालयमा राखेर उपचार
  • डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा छैन बेड 
  • ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ हजार ६६६ जनामा डेंगु संक्रमण पुष्टि

विराटनगर ।।

धरानमा डेङ्गु संक्रमित बढेपछि सार्वजनिक भवन र वडा कार्यालयमा राखेर उपचार गर्न थालिएको छ । हिजोआज डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा बेड पाउन मुस्किल छ । त्यसैले वडा कार्यालय, सभा गृह, उद्योग वाणिज्य संघको भवनमा राखेर उपचार गरिएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा बुधबारसम्म ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ हजार ६६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । परीक्षण गरेकोमध्ये ६९ प्रतिशतमा पोजेटिभ आएको हो ।

डेङ्गु संक्रमणका कारण ९ जनाको मृत्यु भएको उपमहानगरपालिकाको तथ्याङ्क छ । धरानमा हरेकजसो घरमा डेङ्गुका बिरामी छन् । डेङ्गु संक्रमित बढेपछि उपमहानगरपालिकाको वडा नं ८, ११, १३, १४ र १५ ले संक्रमितलाई वडाभित्रकै विभिन्न भवनमा राखेर उपचार गरिरहेको छ । त्यसबाहेक उद्योग वाणिज्य संघ र धरानको सभा गृहमा पनि बिरामीको जाँच र उपचार गरिएको महाशाखा प्रमुख मेहताले बताए ।

धरान उपमहानगरपालिका-१३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार साउन ११ गतेदेखि वडामा नै डेङ्गु जाँचका लागि रगत संकलन र बिरामीको उपचार गरिएको छ । वडामा दैनिक ५० देखि ८० जनासम्म बिरामी आउने गरेको उनले बताए ।

धरान उपमहानगरपालिका-१३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार साउन ११ गतेदेखि वडामा नै डेङ्गु जाँचका लागि रगत संकलन र बिरामीको उपचार गरिएको छ । वडामा दैनिक ५० देखि ८० जनासम्म बिरामी आउने गरेको उनले बताए ।

वडा कार्यालयले बाल क्लबका लागि बनाएको भवनको कोठामा म्याट ओछ्याएर बिरामीलाई राखिएको छ । ‘बिहानदेखि बेलुका ७ बजेसम्म बिरामी राखेर उपचार गर्छौं, त्यसपछि घर जानुहुन्छ’, उनले भने, ‘आउनुपर्ने अवस्था भए भोलिपल्ट पनि आउनुहुन्छ।’

औषधि र स्लाइनपानी चढाउनका लागि बिरामीलाई वडाको भवनमा राख्ने गरिएको उनले बताए । बिरामीको उपचारका लागि वडाको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाहेक चार जनालाई बाहिरबाट मगाइएको उनले बताए । अन्य वडा कार्यालय र उद्योग वाणिज्य संघको कार्यालयमा पनि बिरामी राखेर उपचार गरिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेङ्गु संक्रमितको उपचारका लागि छुट्टै वार्ड र क्लिनिक सञ्चालन गरिरहेको छ । क्लिनिकमा बिहानदेखि बेलुकासँग जाँच लागि जाने सेवाग्राहीको लाइन हुन्छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।