April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

दसैंको दोस्रो दिनः आज पनि लगाइँदै मान्यजनबाट टीका, जमरा

  • साझा परिवेश
  • बुधबार, कार्तिक ८, २०८० १२:५५
दसैंको दोस्रो दिनः आज पनि लगाइँदै मान्यजनबाट टीका, जमरा

काठमाडौं– दसैं टीकाको दोस्रो दिन आज पनि मान्यजन र परिवारका आफन्तको हातबाट टीका र जमरा लगाउने क्रम जारी छ। बडादसैंको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ।

टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम पूर्णिमासम्मै जारी रहन्छ। आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास छ।

ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रुपमा लिने गरिन्छ। आश्विन शुक्ल पूर्णिमाका दिन अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि बडादसैं समापन हुन्छ।

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आशीर्वाद लिन जान्छन्। नेपालको पश्चिम भेगतिर विजया दशमीका दिन मात्रै टीकाजमरा लगाउने चलन छ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक ८, २०८० १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।