sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुन तस्करीमा आबद्द दुई जना पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १0:२४
सुन तस्करीमा आबद्द दुई जना पक्राउ
  • सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ
  • विमानस्थल पुगेपछि सीआईबीले समात्यो 

काठमाडौं ।।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागले सीआईबीका अधिकृतहरुलाई जानकारी गराएको थियो । त्यसपछि विभागबाट बुझेर उनीहरुलाई पक्राउ पूर्जी थमाइएको एक अधिकृतले बताए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दुई चिनियाँ नागरिकको १४ साउनमा पक्राउ परेका बेल्जियन नागरिक दावा लामासँग सम्बन्ध देखिएको छ । उनले सञ्चालन गरेको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई अनुसन्धान अधिकृतहरुले पक्राउ गरेका थिए ।

स्रोतका अनुसार, दावाले केही चिनियाँ नागरिकहरुलाई होटलको नाममा लिएको गाडी उपलब्ध गराएको पाइएको थियो । ती गाडी पक्राउ परेका दुई चिनियाँ नागरिकसहित अरुले प्रयोग गर्ने गरेको अधिकृतहरु बताउँछन् ।

‘उनीहरुबाट सुन प्रकरणका थप तथ्यहरु खुल्छन् भन्ने अपेक्षा हो’, एक अनुसन्धान अधिकृतले भने । राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । लगत्तै ट्याक्सी चालक र भन्सार एजेन्ट पक्राउ परेका थिए ।

विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा लगाएका थियो ।

अनुसन्धान अधिकृतहरुले यो प्रकरणमा यसअघि अर्का चिनियाँ नागरिक ज्यास्याङ लिनलाई पनि पक्राउ गरिसकेको छ । प्रहरीको विशेष ब्यूरोले उलनाई दरबारमार्ग नजिकै उत्तर ढोकामा लोकेट गरेको थियो । पछ्याउँदै जाँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid