April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ?

महानगर प्रहरी डोजर लिएर पुग्यो कपन

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १३:५६
महानगर प्रहरी डोजर लिएर पुग्यो कपन
  • कपनको खहरे खोला उत्खनन गर्ने तयारी
  • जिसस काठमाडौंको छलफलपछि मात्रै निर्णय आउने

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला उत्खनन गर्ने तयारी गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अहिले नापी कार्यालय चावहिलमा काठमाडौं र बूढानीलकण्ठका प्रतिनिधि बीच छलफल भइरहेको छ । ‘हामी सबै तयारी गरेर कपनमा आएका छौं, वार्ताबाट के निर्णय हुन्छ भनेर कुरिरहेका छौं, डोजर चल्ने सम्भावना रहेको छ,’ पाण्डेले भने ।

तर महानगरका मेयर नै आउने भनिए पनि समय नदिएको भन्दै बूढानीलकण्ठ नगरपालिका भने रुष्ट भएको छ । नापी विभागमा मेयर नआएर प्रतिनिधि पठाएपछि जिल्ला समन्वय समिति काठमाडौंले ३ बजे दुई नगरको बैठक बोलाएको छ । बूढानीलकण्ठ नगरपालिका भने छलफल बिना डोजर चलाइहाल्ने पक्षमा नरहेको जनाएको छ । नगरपालिकाका मेयर मिठाराम अधिकारीले हिजो बिहीबार राष्ट्रिय सभागृहमा मेयर बालेन्द्र साह (बालेन) सँग भएको सहमति अनुसार नै अगाडि बढ्ने बताए ।

‘आज नापी विभाग गएर नक्सा हेर्न भन्ने कुरा थियो, तर काठमाडौंको मेयर आउनु भएको छैन,’ अधिकारी भन्छन् । उनले थप छलफलपछि मात्रै खोला खोल्ने विषयामा के गर्ने भन्ने प्रष्ट हुने बताए । ‘अब बिना छलफल समन्वय गरेर डोजर मात्रै अगाडि बढाएर मात्रै पनि हुँदैन नि’ मेयर अधिकारीले भने ।

नापी विभगमा मेयर नआएपछि जिसस काठमाडौंको छलफलपछि मात्रै निर्णय आउने उनले बताए । खहरे खोलाको अधिकांश स्थान पर्ने बुढानिलकण्ठ नगरपालिका १० नम्बर वडाध्यक्ष नवराज भट्टराईले काठमाडौं महानगरपालिका वार्तबाट भागेको बताए । ‘मेयर बालेन, छलफल र वार्ताबाट भाग्ने, डोजर लगाएर स्थानीय तर्साउन खोज्ने मात्रै गरेर हुँदैन,’ उनले भने । नापी विभागबाट नापजाँच विना भत्काउन नमिल्ने तर्क भट्टराईको छ ।

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।