May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

पटक पटक एमालेको अवरोधले बैठक सर्नु गलत : कांग्रेस

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १६:२0
पटक पटक एमालेको अवरोधले बैठक सर्नु गलत : कांग्रेस
  • उच्च स्तरीय आयोग गठनको मागमा संसद अवरोध 
  • एमालेले संसद अवरोध गरिरहनु गलत
  • सांसद सुनिल शर्मालाई पूर्वाग्रही ढंगले पक्राउ गर्नुमा आपत्ति

 काठमाडौं ।।

नेपाली कांग्रेसका सांसदहरुले सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय आयोग गठनको माग राखेर नेकपा एमालेले संसद अवरोध गरिरहनु गलत भएको बताएका छन् । आजदेखि सुरु भएको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले राज्यका संयन्त्रले अनुसन्धान गरिरहेको विषयमा छानबिन गर्न संसदीय समिति आवश्यक नभएको बताए ।

सुन तस्करीका बारेमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छानबिन गरिरहेको छ । कांग्रेस सांसदहरुले आपराधिक घटनाका अनुसन्धानका लागि राज्यकै संयन्त्र बलियो बनाउनु पर्ने र प्रहरी प्रशासनलाई विश्वास गर्नु पर्ने बताएका छन् ।

अर्जुननरसिंह केसी र उदयशमशेर जबराले भने आयोग बनाउने हो भने पूराना घटनासमेत छानबिन गर्ने गरी शक्तिशाली आयोग बनाउनु पर्ने बताएका थिए । केहीले भने आफ्ना सांसद सुनिल शर्मालाई पूर्वाग्रही ढंगले पक्राउ गरेको भन्दै आपत्ति पनि जनाएका छन् । संसदीय दलको बैठकमा आज १६ जना सांसदले बोलेका छन् । बैठक आइतबार फेरि बस्ने गरी आजका लागि सकिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट