April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

बचत जोखिममा राख्दै कालोसूचीमा पर्यो उमागौरी सहकारी

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १२:४८
बचत जोखिममा राख्दै कालोसूचीमा पर्यो उमागौरी सहकारी
  • मोरङको उमागौरी सहकारी संस्था
  • कार्यालय नखुलेको तीन महिना बितिसक्यो
  • उमागौरीसहित देशभरका १०० भन्दा धेरै सहकारी कालोसूचीमा
  • उमागौरीका २०० भन्दा धेरै बचतकर्ताको रकम जोखिममा

विराटनगर ।।

मोरङको धनपालथान गाउँपालिकामा उमागौरी सहकारी संस्थाको कार्यालय रहेको छ । अधिकांश बैंकका शाखा कार्यालयहरू पनि सञ्चालित छन् । मुख्य बजारमै छ, श्री उमागौरी कृषि सहकारी संस्था लिमिटेडको कार्यालय । तर, यो सहकारी कार्यालय नखुलेको तीन महिना बितिसक्यो।

‘सेयर खरिद गरे राम्रो मुनाफा हुन्छ’ भन्ने आश्वासन दिलाए । खनालले छिमेकमै रहेको सहकारीका सञ्चालकलाई विश्वास गरेर अन्ततः एक लाख रुपैयाँको सेयर खरिद गरे । नियमित बचत पनि गरे ।

पहिले त केही रकम निकाल्ने र फेरि बचत गर्ने समेत गरे । तर, तीन महिनायता सहकारीको कार्यालय बन्द छ । कर्जा सूचना केन्द्रका अनुसार उमागौरी कृषि सहकारी संस्था कालोसूचीमा परेको छ । यो सँगै देशभरका १०० भन्दा धेरै सहकारी कालोसूचीमा छन् । उमागौरीका २०० भन्दा धेरै बचतकर्ताको रकम जोखिममा परेको छ ।

“सञ्चालकहरू भागीभागी हिँड्ने गरेका छन् । रकम फिर्ता गर्न बारम्बार आग्रह गरे पनि वास्ता गरेका छैनन्,” खनालले भने, “रकम फिर्ता हुन्छ भन्न त भन्छन्, तर कहिले फिर्ता हुने हो टुंगो छैन ।” त्यही सहकारीनजिकै अवधेश साहको फेन्सी स्टोर छ । सहकारीका सञ्चालकले धेरैपटक खाता खोल्न र नियमित रकम बचत गर्न आग्रह गरे । तर, उनले वास्ता गरेनन् । खाता खोलेनन् ।

“यो सहकारी कृषि सहकारीको नाममा खुलेको थियो । तर, मलाई कामचाहिँ कृषिका लागि गरेजस्तो लागेन । त्यही भएर मैले रकम जम्मा गरिनँ । अहिले त सहकारीको कार्यालय नै बन्द भयो,” साहले भने, “अहिले दैनिक सयौँ मानिसहरू बचत फिर्ता लिन आउँछन्, कार्यालय बन्द भएको देखेपछि मलाई कहिलेदेखि नखुलेको हो भन्दै जिज्ञासा राखेर जान्छन् । धेरैले बचत गरेको पैसा फिर्ता पाएका छैनन् ।”

सहकारीका अध्यक्ष शम्भु रौनियार स्थानीय नै हुन् । तर, उनी बचतकर्ताको सम्पर्कमा छैनन् । हिजोआज विराटनगरतिर बस्ने गरेका धेरैको अनुमान छ । सहकारी राम्रो चलेका बेला रौनियारले कर्सिया बजारमै ७५ लाख रुपैयाँमा जग्गा किनेका थिए । पछि थप तीन कट्ठा जग्गा खरिद गरे ।

बचतकर्ताका अनुसार अहिले सञ्चालकको रबैया फेरिएको छ । अध्यक्ष रौनियार आफैँ लुकेर हिँड्ने गरेका छन् । सहकारीको कार्यालय बन्द रहन्छ । बचतकर्ताका अनुसार सञ्चालकले भन्ने गरेका छन्- हामीसँग धेरै सम्पत्ति छ, सबैको पैसा फिर्ता गरिदिन्छौँ ।

धनपालथान गाउँपालिकाका उपाध्यक्ष नसिमा बानोले आफ्नो परिवारका केही समस्यको बचत समेत उमागौरी सहकारीबाट फिर्ता लिन बाँकी रहेको बताइन् । उनले भनिन्, “गाउँपालिका कार्यालयमाबचतकर्ताको निवेदन आएपछि हामीले समेत धेरैपटक छलफल चलायौँ । लगानी गरेको रकम नउठेका कारण बचत फिर्ता गर्न नसकेको भन्ने कुरा आएको छ । क्रमशः बचतकर्ताको पैसा फिर्ता गराउन हमीले पहल गरिरहेका छौँ ।”

उपाध्यक्ष बानोका अनुसार धनपालथान गाउँपालिकाका पूर्वअध्यक्ष हरिलाल सिंहले राखेको बचत रकम समेत फिर्ता पाउन सकेका छैनन् । “पूर्वअध्यक्षज्यूले गरेको बचत समेत सहकारीले फिर्ता गरेको छैन,” उनले भनिन्, “२०० भन्दा धेरै बचतकर्ताको बचत रकम जोखिममा परेको छ ।”

धनपालथान गाउँपालिकाका अनुसार पालिकाभर सञ्चालित सहकारी संस्थाको विवरण अध्यावधिक गरिएको छ । समस्याग्रस्त सहकारीमा बचत तथा अरू कारोबार नगर्न सर्वसाधारणलाई सूचित गरिएको पालिकाको सहकारी शाखाका प्रमुख लेखनाथ राजवंशीले बताए । उनले भने, “सहकारीको विषयमा सबै कुरा बुझेर मात्र रकम बचत गर्न सर्वसाधारणलाई जानकारी गराएका छौँ ।”

 

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।