sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पैसाले पार्टी संगठन कब्जा गर्दै राजनीति नै खरिद गर्ने प्रवृत्ति खारेज हुनुपर्छ

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १३:00
पैसाले पार्टी संगठन कब्जा गर्दै राजनीति नै खरिद गर्ने प्रवृत्ति खारेज हुनुपर्छ
  • प्रकाशमान सिंहले पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने
  • राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती
  • राजनीतिक दलहरु एकजुट हुनुपर्ने
  • डा. शेखर कोइराला र अर्जुननरसिंह केसीसँग छुट्टाछुट्टै अन्तरक्रिया

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आज बिहान काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा भएको भेटमा उनले सो धारणा राखेका हु्न् । ‘पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती थपिएको छ,’ उनले भने ।

राजनीतिक दल र नेताभन्दा पनि माथि उठेर विचार, सिद्धान्त, नीति एवं नैतिकताको पक्षमा वकालत गर्न वैचारिक समाजका सदस्यहरूसहित प्रजातन्त्रवादी बौद्धिक समुदायलाई उनले आह्वान गरे ।

उनले मुलुकमा व्याप्त विकृति, विसंगति, भ्रष्टाचार र कुशासनविरुद्ध राजनीतिक दलहरु एकजुट हुनुपर्ने समेत बताए । मुलुकमा स्थापित लोकतन्त्र, नागरिक अधिकारसहित राष्ट्रको अस्तित्वमाथि नै संकट आउन लागेकाले देशभरका प्रजातन्त्रवादी शक्तिबीच एकता आवश्यक रहेकोमा उनले जोड दिए ।

प्रजातन्त्रको अभावमा प्रजातान्त्रिक विचार समाजलगायतका वैचारिक नागरिक संघ, संस्थाको अस्तित्वसमेत नामेट हुने भन्दै सिंहले मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि एकताबद्ध हुन सम्पूर्ण युवा, विद्यार्थी, पेसा व्यवसायीसहित नागरिक समाजलाई आह्वान गरे ।

भेटमा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्ले, समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, सचिव प्रा. डा. अकलदेव मिश्र लगायत सहभागी थिए । अध्यक्ष वाग्लेको नेतृत्वमा वैचारिक समाजको नवनिर्वाचित प्रतिनिधि मण्डलले शीर्ष नेतासँगको भेटवार्तालाई निरन्तरता दिनेक्रममा यसअघि कांग्रेस नेता डा. शेखर कोइराला र अर्जुननरसिंह केसीसँग छुट्टाछुट्टै अन्तरक्रिया गरेको थियो ।

 

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १३:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid