July 17, 2024 | बुधबार, साउन २, २०८१
सुचनाहरु
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान त्रिशूली बस दुर्घटना: मृतकका परिवारलाई मधेस सरकारले १ लाख दिने सुनको मूल्य बढ्यो ; तोलाको कति पुग्यो त् ? नेपाल वायु सेवाले तिर्‍यो ४३ करोड किस्ता सिमलताल बस दुर्घटनाको अध्ययन गर्न कार्यदलले काम थाल्यो प्रधानमन्त्रीले भने – म्यासेन्जरमा बधाई दिनू, भेटमा पनि खादा नल्याउनू आज हरिशयनी एकादशी शिक्षक सेवा आयोगको विज्ञापन पुसमा खुल्ने प्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूत डीन आर थोमसनले गरे शिष्टाचार भेटवार्ता सुनको मूल्यमा नयाँ रेकर्ड आज साउने संक्रान्ति पूर्वगृहमन्त्री रवि लामिछाने सिमलताल दुर्घटनाबारे बुझ्न घटनास्थलमा पुगे डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई प्रधानमन्त्री ओलीले साउन ६ मा संसदमा सम्बोधन गर्ने काठमाडौं महानगरपालिकाको श्रम बैंकबाट ९११ जनाले रोजगारी पाए बसको ठक्करबाट झापामा एकको मृत्यु ओली सरकारको पहिलो मन्त्रिपरिषदको बैठकले के-के निर्णय गर्यो ? नेपाल आयल निगमले बढायो इन्धनको मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० ११:१९
शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा

दमक, भदौ ३१ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पार्नुभएको छ । हामीले यसभन्दा अघि पनि भनेका छौं र फेरि पनि भन्छौं जस्ताको त्यस्तै अवस्थामा विधेयकलाई स्वीकार गर्न सकिँदैन, उहाँले भन्नुभयो ।

केही दिनयता झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनुभएका महामन्त्री शर्माले यस विषयमा एउटा सांसद भएको हिसाबले पनि म संसदमा कुरा उठाउनेछु, उहाँको भनाइ थियो । शिक्षा विधेयककै विरोध आफूहरूले नगर्ने र नगरेको स्पष्ट पार्दै त्यसभित्रका केही बुँदाहरू स्वीकार्य नहुने उहाँले जनाउनुभयो ।

संविधानले दिएको अधिकार कुण्ठित गर्ने गरी विधेयकमा राखिएका विषयवस्तुहरू हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । संविधानले दिएको ट्रेड युनियनको अधिकार रक्षाका लागि म शिक्षकहरूसँगै सङ्घर्षमा रहनेछु, उहाँले भन्नुभयो । विधेयकका राम्रा पक्षहरूमा छलफल चलाउनु र नराम्रा पक्षहरूलाई सच्याएर अघि बढ्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।

पहिला पनि यसरी विधेयक प्रस्ताव गर्दा आफूहरूले सच्याएर ल्याउनका लागि अनुरोध गरेको सम्झँदै शर्माले फेरि पनि नसच्याई विधेयक ल्याएकोप्रति आफूहरूको आपत्ति रहेको बताउनुभयो । विधेयक सच्चिएर आउँछ जस्तो लागेको थियो तर त्यस्तो देखिएन, महामन्त्री शर्माले भन्नुभयो ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्