sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२२ घन्टे अप्रेशनपछि एलओडी क्लबले कर छलेको पक्का

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १२:२३
२२ घन्टे अप्रेशनपछि एलओडी क्लबले कर छलेको पक्का
  • ठमेलको एलओडी नाइट क्लबमा कर छली 
  • अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन गर्यो 
  • एलओडीका सबै कारोबार खाता नियन्त्रणमा

काठमाडौं ।।

ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको छ । गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभाग स्रोतले जनाएको छ ।

क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा छापा मारेको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टी गरे । ‘ठूलो करछलीको सूचना पछि एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिएका छौं,’ विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

सो क्रममा क्लबमा आउनेहरुले तिर्ने र खास कर दाखिला खातामा चढाइने रकम बीचको भिन्नता जाँच गर्न विभागको टोली शुक्रबार रातभर नै बसेको थियो । विभागले उक्त क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको छ ।

एलओडी नाइट क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि विभागले पत्राचार गरेको छ । सबैभन्दा धेरै कारोबार हुने भनिएको शुक्रबार एलओडी नाइट क्लबको वास्तविक ग्राहक र कर दाखिला प्रक्रिया सबै बुझ्न लामो अप्रेशन चलाइएको विभागले जनाएको छ । फरक क्षेत्रमा हुने कर छलीका घटनामा विभागले सूक्ष्म निगरानी र आक्रामक अभियान सुरु गरेको पनि विभागका महानिर्देशक ढुंगानाले बताए ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid