May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

रास्वपा तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने पार्टी : एमाले 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १६:१३
रास्वपा तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने पार्टी : एमाले 
  • ‘न मास न क्याडर्स पार्टी’ राष्ट्रिय स्वतन्त्र पार्टी : एमाले 
  • रास्वपा तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने पार्टी
  • मूलधारको पार्टीका विरूद्धमा गलत अभियान चलाउने,
  • असम्भव विषयमा राजनीतिक जनमत बनाउन खोज्ने 

काठमाडौं ।।

नेकपा (एमाले) वाग्मती प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘न मास न क्याडर्स पाटी’ भनेको छ । पहिलो प्रदेश अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीति तथा सांगठनिक प्रतिवेदनमा रास्वपाबारे यस्तो उल्लेख भएको हो । “राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक र वैचारिक दृष्टिकोण विहीन, द्विविधाग्रस्त सांगठनिक चिन्तन (न मास पार्टी न क्याडर्स पार्टी), अर्थ राजनीतिक दृष्टिकोणमा अस्पष्ट हुँदाहुँदै उदारवादी पूँजीवादलाई आर्थिक नीतिको रूपमा स्वीकार गर्ने,” प्रतिवेदनमा उल्लेख छ ।

रास्वपा तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने पार्टी भएको उसको निष्कर्ष छ । मूलधारको पार्टीका विरूद्धमा गलत अभियान चलाउने, जनमतलाई स्थापित पार्टीको विरूद्ध भड्काएर आफूतिर आकर्षण गर्न प्रयत्न गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

“राष्ट्रियता र परराष्ट्र नीतिमा अस्पष्टता, तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने, स्थापित मूलधारको पार्टी र तिनीहरूको विरूद्धमा गलत अभियान चलाउने, जनमतलाई स्थापित पार्टीको विरूद्ध भड्काएर आफूतिर आकर्षण गर्न प्रयत्न गर्ने,” प्रतिवेदनमा भनिएको छ, “असम्भव विषयमा राजनीतिक जनमत बनाउन र समस्याको उठानमा सफल तर समाधानको विकल्प दिन नसक्ने शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी देखापरेको छ ।”

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।