April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

अहिले चन्द्रागिरि फाइदामा

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १३:0६
अहिले चन्द्रागिरि फाइदामा
  • आम्दानी बढेसँगै चन्द्रागिरि हिल्स‍को नाफा पनि उल्लेख्य
  • नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक
  • सेयरधनीले लाभांशको लागि भने अझै केही वर्ष पर्खनुपर्ने

काठमाडौं ।।

सञ्चालन आम्दानी बढेसँगै चन्द्रागिरि हिल्स‍को नाफा पनि उल्लेख्य बढेको छ । कोभिडपछि पर्यटन व्यवसाय चलायमान बन्दै जाँदा चन्द्रागिरि हिल्सको आम्दानीसँगै नाफामा पनि उल्लेख्य सुधार भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९ र ८० मा १५ करोड ११ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा एक करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा नाफा उल्लेख्य रुपमा बढाएको हो ।

कम्पनीको सञ्चालन आम्दानी बढेर ९१ करोड ३४ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ६६ करोड ८९ लाख ७८ हजार रहेको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा नाफा पनि बढेको हो ।

व्यवसाय बढ्दै जाँदा कम्पनीको वस्तु बिक्रीको लागत केही बढेर १२ करोड ८ लाख पुग्दा कम्पनीको कुल आय ७९ करोड २६ लाख रहेको छ ।कर्मचारीको सेवासुविधा तथा खर्च १३ करोड २१ लाख रुपैयाँ र अन्य खर्च १२ करोड १२ लाख पुगेको छ ।

कम्पनीको आम्दानी बढेपनि वित्तीय लागत बढ्न गएको छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड ९६ लाख रहेकोमा वित्तीय लागत बढेर गत आर्थिक वर्षमा २७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

खर्चमा वृद्धिका बाबजुत पनि कम्पनीको आयमा भएको वृद्धिले नाफा बढेको हो । नाफा बढे पनि सञ्चित नोक्सानीमा रहेकोले कम्पनीका सेयरधनीले लाभांशको लागि भने अझै केही वर्ष पर्खनुपर्ने हुन्छ ।

एक अर्ब ५३ करोड ४१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको सञ्चित घाटा २३ करोड ४४ लाख ७२ लाख रुपैयाँ छ । कम्पनीले नाफा कमाउन लागे पनि सञ्चित घाटा बाँकी रहेकोले लाभांशको लागि केही वर्ष पर्खनुपर्ने भएको हो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ २२ पैसाबाट बढेर ८४ रुपैयाँ ७२ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात २४६।६३ गुणा रहेको छ । गत आर्थिक नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ । कम्पनीको बैंक ऋण २ अर्ब २८ करोड ४९ लाख रुपैयाँ बाँकी छ । २०७९ असारमा २ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ रहेको ऋण घटाउँदै लगेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १३:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट