July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

भरतपुर भ्रमण वर्ष स्थगित

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० ११:४२
भरतपुर भ्रमण वर्ष स्थगित
  • सन् २०२४ मा गर्ने भनिएको भरतपुर भ्रमण वर्ष स्थगित
  • काम नसकिएकोले हाललाई भ्रमण वर्ष स्थगित
  • जनवरी १ तारिकको दिनमा भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी

चितवन ।।

चितवनको भरतपुर महानगरपालिकाले सन् २०२४ मा गर्ने भनिएको भरतपुर भ्रमण वर्ष स्थगित भएको छ । महानगरपालिकाको आज शुक्रबार बसेको कार्यपालिका बैठकले तत्कालका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो । तयारी नपुगेको, मुख्य सडकहरुको पूर्वाधार निर्माणको काम नसकिएकोले हाललाई भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरिएको हो । भ्रमण वर्ष सन् २०२४ मै गर्ने तर कहिलेदेखि औपचारिक रुपमा सुरु गर्ने भन्ने बारेमा आगामी नगरपरिषद्ले निर्णय लिने महानगर स्रोतले जनाएको छ ।

नारायणगढ गोन्द्राग सडकखण्ड विस्तारको काम नसकिएको, मुग्लिन नारायणणढ सडकखण्ड पनि दिउँसो ४ घण्टा बन्द गर्ने तयारी गरिएको तथा महानगरकै पनि आफ्नो तयारी पूरा नभएकोले भ्रमण वर्ष हाललाई स्थगित गरिएको हो । महानगरपालिकाले पुस १४ गते अर्थात जनवरी १ तारिकको दिनमा भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरेको थियो । नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम थियो । सुरुमा २०८० सालमा गर्ने निर्णय गरे पनि तयारी नपुगेको भन्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ बाट सुरु गर्ने निर्णय यसअघि महानगरले गरेको थियो ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्