May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

टिकट नपाएकाे भन्दै हुम्लाका माओवादी असन्तुष्ट, राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १३:४६
टिकट नपाएकाे भन्दै हुम्लाका माओवादी असन्तुष्ट, राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने

डा. दिपेन्द्र रोकायाले टिकट नपाएपछि टिकट हुम्लामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा शनिबार बसेको जनप्रतिनिधिहरुको बैठकले टिकट वितरणमा नेताहरु हावी भएको भन्दै मतदान नगर्ने निर्णय गरेको हो।

हुम्लामा राष्ट्रियसभा सदस्य चुनावका लागि माओवादीबाट कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियार, जुम्कित लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह मतदाता छन्।

माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले तय गरेको ६ जनाको नाममा हुम्लाबाट सिफारिस नेताको नाम नपरेपछि माओवादी जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने लिखित निर्णय गरेका हुन्।

माओवादीबाट हुम्लाका जिल्ला समन्वय समिति संयोजक डा. दिपेन्द्र रोकाया राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस भएका थिए। तर माओवादी पदाधिकारी बैठकले कर्णालीका लागि कालीकोटका विष्णु विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कर्णालीमा पार्टीले दिने लाभका पदमा जहिले पनि अन्यायमा परेका कारण यस पटक पार्टीको तर्फबाट राष्ट्रियसभाको टिकट हुम्लाले नपाए मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको एक जनप्रतिनिधिहरुले बताएका छन्।

‘हुम्ला आफैँमा माओवादीको आधार इलाका हो। तर राजकीय होस् या पार्टीको सांगठनिक जिम्मेवारी जहिल्यै विभेदमा पर्दै आएको छ। यो पटक पनि हुम्लालाई विभेद गरिएको छ। हुम्लाले टिकट नपाए सांगठनिक कामलाई समेत बहिस्कार गर्ने निचोडमा हामी पुगेका छौँ,’ उनीहरुको एक मत छ।

माओवादी उपमहासचिवहरु जनार्दन शर्माले रुकुमपश्चिम, शक्तिबहादुर बस्नेतले जाजरकोट र केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले कालीकोटमा मात्रै अवसर केन्द्रित गरेका कारण हुम्ला पेलिँदै आएको हुम्ला माओवादीको निष्कर्ष छ।

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट