May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल दुरसञ्चारको नाफा ७.८६ प्रतिशतले गिरावट

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १४:0४
नेपाल दुरसञ्चारको नाफा ७.८६ प्रतिशतले गिरावट
  • सेवा बिक्रीको आम्दानीमा गिरावट र सञ्चालन खर्चमा वृद्धि
  • आर्थिक वर्षमा नेपाल दुरसञ्चार कम्पनीको नाफा घट्यो 

काठमाडौं ।।

सेवा बिक्रीको आम्दानीमा गिरावट र सञ्चालन खर्चमा वृद्धि हुँदा नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा घटेको छ ।गत आर्थिक वर्ष २०७९ र ८० मा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७८ र ७९ मा ८ अर्ब ४७ करोड ७ लाख ३४ हजार नाफा कमाएकोमा गत आर्थिक वर्षमा कम्पनी नाफा ७.८६ प्रतिशतले गिरावट भएको हो ।

कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी घटेपनि कम्पनीको वित्तीय आमदानीमा वृद्धि हुँदा कुल आम्दानी सामान्य बढेको छ । आर्थिक वर्ष २०७८ र ७९ मा ३७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ सेवा बिक्रीबाट आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा ३६ अर्ब ८० करोड ४० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

तर, वित्तीय आम्दानी भने ५ अर्ब ९० करोड ७४ लाखबाट बढेर ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा कम्पनीको कुल आम्दानी ४४ अर्ब ३७ करोड ४५ लाखबाट बढेर ४४ अर्ब ८६ करोड ८७ लाख पुगेको छ ।

कुल आम्दानीमा वृद्धि भएपनि कम्पनीले खर्च व्यवस्थापन गर्न नसक्दा नाफा घटेको हो । कम्पनीको कर्मचारी खर्च ७ अर्ब ३६ करोड ९७ लाखबाट बढेर ८ अर्ब ३३ लाख रुपैयाँ पुगेको छ ।

सञ्चालन तथा अन्य ममर्त खर्च ७ अर्ब ५ करोड ८३ लाखबाट बढेर ७ अर्ब ५० करोड १२ लाख पुगेको छ । कम्पनीको वित्तीय खर्च ७७ करोड ९ लाखबाट ४७ करोड ५० लाखमा झर्दा ह्रासकट्टी ५ अर्ब ६१ करोड ४६ लाखबाट बढेर ६ अर्ब १९ करोड ९५ लाख पुगेको छ ।

कम्पनीको विभिन्न खर्चमा भएको वृद्धिले गर्दा नाफामा गिरावट भएको हो । १८ अर्ब चुक्तापूँजी रहेको कम्पनीको नाफा घट्दै प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ०६ पैसाबाट घटेर ४३ रुपैयाँ ३६ पैसामा झरेको छ ।

कम्पनीको जगेडा तथा सञिचत कोषमा ७५ अर्ब ८२ करोड ५२ लाख रहेको छ । ५२१ रुपैयाँ २७ प्रसा प्रतिसेयर नेटवर्थ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात २०।९२ गुणा छ । कम्पनीको दिर्घकालिन ऋण १ अर्ब १८ करोड ३७ लाखबाट घटेर ९८ करोड ६५ लाखमा झरेको छ । कर्मचारीले ३ अर्ब ७९ करोड ४० लाख ऋण लिएका छन् ।

 

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट