May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

पुष्पा टण्डनको मृत्युप्रति शंकास्पदहरु प्रहरीको फन्दामा

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १६:३१
पुष्पा टण्डनको मृत्युप्रति शंकास्पदहरु प्रहरीको फन्दामा
  • पुष्पा टण्डनको मृत्युमा अनुसन्धानकालागि प्रहरीद्वारा चार जना पक्राउ
  • हत्या गरेको दाबी गर्दै दोषीलाई कारबाहीको माग 

बुटवल ।।

रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको हो । पुष्पाका आफन्तले उनीहरुविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले किटानी जाहेरीका आधारमा आवश्यक अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन ।

गुल्मी दरबार गाउँपालिकाकी पुष्पा टण्डन छोरा र छोरीको साथमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ ड्राइभरटोलमा बस्दै आएकी थिइन् ।२७ साउनमा सालझण्डी नजिकै फायरलाइनमा रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो । उनका आफन्तले पुष्पा आफैं झुण्डिएको नभई कसैले हत्या गरेको दाबी गर्दै दोषीलाई कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् ।

पुष्पाका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा थिए, पुष्पाको मृत्युपछि घर आएका छन् । आफन्तहरुका अनुसार छिमेकी रञ्जित भुसालले पुष्पासँग १७ लाख रुपैयाँ सापटी लिएका थिए । सोही रकमका कारण घटना भएको हुन सक्ने उनीहरुको दाबी छ ।

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट