May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

वन निर्देशक बिष्टले पाए भ्रष्टाचार मुद्दामा सफाइ

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १३:५७
वन निर्देशक बिष्टले पाए भ्रष्टाचार मुद्दामा सफाइ
  • सफाइ पाएपछि सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक पुनः जिम्मेवारीमा फर्किए
  • भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका बिष्ट अदालतबाट दोषी ठहरिए 
  • अकुत सम्पत्ति कमाएकोले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

धनगढी ।।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक पुनः जिम्मेवारीमा फर्किएका छन् । प्रदेश वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका बिष्ट अदालतबाट दोषी ठहर नभएपछि पुुनः निमित्त निर्देशकको रुपमा कामकाजमा फर्किएका छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र केसीले बिष्ट केही दिनअघिदेखि निमित्त निर्देशकको रुपमा काममा खटिएको जानकारी दिए । ‘अदालतबाट सफाइ पाएपछि उहाँ (बिष्ट) मन्त्रालयमा हाजिर हुनुभएको थियो । मन्त्रालयले उहाँलाई पहिलेकै जिम्मेवारी वन निर्देशनालयको निमित्त निर्देशकका रुपमा कामकाज गर्ने गरी खटाएको छ,’ केसीले भने ।

झण्डै ७ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दामा मुछिएका बिष्टले विशेष अदालतबाट सफाइ पाएका थिए । विशेष अदालतले बिष्टले गैरकानुनी सम्पत्ति आर्जन नगरेको ठहर गर्दै सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश  बास्तोलाले बिष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत सम्पत्ति आर्जनमा सफाइ दिएको थियो ।

बिष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा ६ करोड ८७ लाख ५७ हजार बराबरको अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।