May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई

कुरुवा खोलाको छठमा ताण्डव सांस्कृतिक साँझ

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० २१:२८
कुरुवा खोलाको छठमा ताण्डव सांस्कृतिक साँझ

धीरेन्द्र नारायण मण्डल
छठ पर्वको आज तेस्रोदिन अस्ताउँदो सुर्य लाई अर्घ दिइन्छ । नदि, खोला, पोखरी लगायत ठाउँहरु सिंगारिएर अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ र भोलीपल्ट बिहानै उदाँदो सुर्यलाई अर्घ दिएपछि छठ पर्व समापन गरी मनाउदैं आएको छ ।

सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ र ४ को सिमाना रहेको कुरुवा खोलामा सांस्कृतिक कार्यक्रम छठ बिशेष साँझ को आयोजना गरेको छ । बेलुका करिब ५ बजे छठ पर्वका ब्रतालु र उपस्थीत सम्पूर्णलाई रमझम र मनोरञ्जन गर्न छठ बिशेष साँझको आयोजना गरिएको जानकारी गराइएको छ । कार्यक्रमलाई उत्साह बढाउन स्थानीय तथा राष्ट्रिय कलाकारहरुलाई आह्वान गरिएको जानकारी गराइएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका गायक÷गायीका नविन मिश्र, रश्मी रानी र स्थानीय कलाकर÷गायक प्रकाश अनुराग लाई आमन्त्रण गरिएको कार्यक्रम संयोजक धीरज वर्माले जानकारी गराउनुभयो । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि सहभागिता रहने छ साथै कार्याक्रमको सुरुमा छठ माताको आरती पूजा गर्ने र महाकाल ताण्डब नाँच गरि सुरुवात गरिने जानकारी गराइएको छ ।

राष्ट्रिय युवा समाजको आयोजनामा सांस्कृतिक कार्यक्रममा जेष्ठ नागरिक, समाजसेवी, पत्रकार र साहित्यकारलाई सम्मान पनि गर्ने कार्याक्रम रहेको जानकारी गराइएको छ । कार्यक्रमलाई सभ्यभब्य बनाउन स्थानीय तह लगायत स्थानीय युवाहरुको निकै सहयोग रहेको कार्यक्रम संयोजक धीरज वर्माले जानकारी गराउनु भयो ।
छठ पर्वमा ब्रत सस्दा निष्ठापुर्व चोखो भएर बस्नुपर्ने प्रचलन रहेको छ । छठ पर्वलाई कठिन ब्रतको रुपमा मान्दै आएको छ ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० २१:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।