May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

आफ्नै गोप्य अङ्ग काट्ने युवकलाई भरतपुरले बचायो

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १६:0४
आफ्नै गोप्य अङ्ग काट्ने युवकलाई भरतपुरले बचायो
  • एक युवक आफ्नै लिङ्ग काटेर भए घाइते
  • २२ वर्षीय युवकको चितवन मेडिकल कलेज भरतपुरमा शल्यक्रिया सफल
  • उनी अहिले खतरामुक्त अवस्थामा

चितवन ।।

आफ्नै लिङ्ग काटेर घाइते भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ७ नयाँगाउँका २२ वर्षीय युवकको चितवन मेडिकल कलेज भरतपुरमा शल्यक्रिया गरिएको छ । उनको लिङ्गको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनी अहिले खतरामुक्त अवस्थामा छन् ।

उनी आफैं खाना खान सक्ने भएका छन् । ६ र ७ घण्टा भन्दा पहिले काटिएको र काटिएको भाग जीवित नभएको त्यसलाई हटाइएको डा. लम्सालले बताए । उनको ४५ मिनेट जति लगाएर शल्यक्रिया गरिएको हो । काटिएको आधा भाग पनि बचाउनका लागि सर्जरी गरिएको डा. लम्सालले बताए ।

अस्पतालका सर्जन डा. किशोर ताम्राकार र डा. वीरेन्द्र राउतको टोलीले हुमागाईको शल्यक्रिया गरेको हो । अस्पतालका प्लास्टिक सर्जन डा. मनिष देवकोटा समेतको टोलीले काटिएको भाग बचाउने प्रयास गरे पनि सम्भव नभएको डा. लम्सालले बताए ।

बुधबार राति हेटौँडा बसपार्कस्थित लजमा बसेका उनले लिङ्ग काटेर घाइते भएका थिए । घाइते उनी आफैं उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको लागि राति नै चितवन मेडिकल कलेज रेफर गरेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।