sweet bonanza
January 30, 2026 | शुक्रबार, माघ १८, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

शिशु गायब पार्ने डाक्टर पक्राउ

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १४:00
शिशु गायब पार्ने डाक्टर पक्राउ
  • नवजात शिशुलाई गायब गरेको आरोपमा
  • डाक्टर र अर्का एक व्यक्ति पक्राउ
  • डिएसपीले म्याद थप गरेर अनुसन्धान सुरु गर्ने 

 विराटनगर ।।

विराटनगरको ग्रीनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गरेको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत डाक्टर र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । नवजात शिशु गायब गरेको आरोपमा सोही अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोबिन्द राईलाई प्रहरीले पक्राउ गरेको हो ।

डाक्टर कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरीटेण्डेन्ट पनि हुन् । सरकारी सेवाबाट अवकास पाइसकेका उनी दीपेश मेडिकल क्लिनिक सञ्चालन गर्छन् र ग्रिनक्रस अस्पतालमा पनि काम गर्छन् ।

अर्का व्यक्ति राईले नै ती युवतीलाई अस्पतालमा लगेको, अस्पतालबाट डिस्चार्ज भएपछि बच्चा अस्पतालमै रहेको भन्दै आमालाई मात्र होटलमा लगेर राखेको र बच्चा लिएर आउँछु भनेर होटलबाट निस्किएर बेपत्ता भएको आरोपमा प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो ।
तिनै युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको र व्यक्ति बेपत्ता पारेको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

बास्तबिकता यस्तो 

प्रहरीका अनुसार गोविन्दले गर्भवती २६ वर्षीया युवतीलाई ग्रीनक्रस अस्पताल नजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लगेका थिए । क्लनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ भनिएका डा। कर्णले गर्भवतीको परीक्षण गरेका थिए । परीक्षणपछि उनले प्रसूतिको समय भएको भन्दै ग्रिनक्रस अस्पताल भर्ना हुन भनेका थिए ।

त्यसपछि ती युवतीलाई राईले गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरेका थिए । भर्ना गर्ने बेला गोबिन्द राईले आफ्नो नाम मानबहादुर तामाङ र गर्भवतीको ठेगाना सुनसरीको रामधुनी लेखाएका थिए ।

ती युवतीले भर्ना भएको भोलिपल्ट (असार १४ गते) नर्मल डेलिभरी मार्फत छोरी जन्माएकी थिइन् । अस्पतालमा सोही दिन डिस्चार्ज गरेको थियो । त्यसपछि गोविन्दले नै ती युवतीलाई इटहरीको एक होटलमा लगेर राखेका थिए । युवतीले बच्चा खोई भनेर सोध्दा गोबिन्दले अस्पतालमा उपचार हुँदैछ भन्ने जवाफ दिएका थिए । होटलमा बसेको दुई दिनपछि राई अस्पताल जान्छु भन्दै हिँडेका थिए । तर उनी होटल फर्किएनन् ।

त्यसपछि युवतीले आफूले जन्माएकी छोरी गायब भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् । सुत्केरी अवस्थामा अलपत्र परेकी युवतीले गत साउन ३२ गते उपचारमा संलग्न चिकित्सक र गोविन्दविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । जाहेरी परेपछि डा. कर्ण र गोविन्दलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए ।

‘युवतीले आफूले नर्मल डेलिभरीबाट छोरी जन्माएको र रुँदै जन्मिएपछि नर्सले बच्चा लगेको बताएकी छन्,’ दाहालले भने, ‘त्यसपछि आफूले छोरी नपाएको बताएकी छन् ।’ बच्चा जीवितै जन्मिएको भनेर आमाले दाबी गरेकाले बच्चाको खोजी भइरहेको तर अहिलेसम्म अवस्था पत्ता नलागेको उनले बताए ।

प्रहरीका अनुसार डा. कर्णले ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा जन्मिएपछि थप उपचारका लागि अन्यत्र लैजानु भनेर गोविन्दलाई शिशु जिम्मा लगाएको प्रहरीसँगको प्रारम्भिक बयानमा भनेका छन् । गोविन्दले भने आफूलाई अस्पतालले बच्चा नै नदिएको बताएका छन् ।

पक्राउ परेलगतै कर्ण अस्पताल भर्ना भएका कारण उनीमाथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

ती युवतीको भनाइ उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार गोविन्द र ती युवती प्रेमी-प्रेमिका हुन् । गोविन्दले बिहे गर्ने प्रलोभन समेत देखाएका थिए । तर बिहे गर्ने भनेका गोविन्दले सुत्केरी अवस्थामा छाडेर हिँडेका कारण गोविन्दको भूमिका शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।

 

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १४:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid