May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

राजेश पायलको प्रश्न : अर्जित र रणवीरको जस्तो क्रियाकलापमा हामीले माफी पाउथ्यौंकी नाइँ ?

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० ११:५८
राजेश पायलको प्रश्न : अर्जित र रणवीरको जस्तो क्रियाकलापमा हामीले माफी पाउथ्यौंकी नाइँ ?

काठमाडौँ । गत शनिबार हायाट होटेलको चौरमा भव्य साङ्गीतिक प्रस्तुति दिएका बलिउड गायक अर्जित सिंहको साङ्गीतिक प्रस्तुतिको चर्चा अझै सेलाएको छैन । फ्यानले दिएको नेपालको राष्ट्रिय झन्डा उनले काँधमा राखेर गीत गाएको कुरो धेरै नेपालीको मन जितेको छ ।

यस्तै, भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ आफ्नो फिल्म ‘एनिमल’को प्रचारमा पुगेका बलिउड अभिनेता रणवीर कपुरले नेपाली चेली मेनुका पौडेलको खुट्टा छोएर आर्सीवाद लिएको दृश्यले समेत धेरै नेपालीको मन जितेको छ ।

फरक फरक प्रकारका यी दुई विषयले नेपाली गायक राजेश पायल राईको मन भने प्रश्न उब्जिएको छ । उनले आफ्नो मनमा उब्जिएको प्रश्नको सामाजिक सञ्जाल मार्फत पोखेका छन् ।

उनले लेखेका छन्, ‘अर्जित सिंहले नेपाली झन्डा ओढे जसरी या रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आर्सीवाद मागे जसरी हामी कलाकारले भारतमा भारतको झन्डा या कुनै पनि देशमा प्रस्तुति दिँदा त्यही देशको झन्डा बोकेको भए हामीले माफी र गाली पाउँथ्यौँ कि नाइँ ? जिज्ञासा ।’

राई को जिज्ञासामा धेरैले गम्भीर र सान्दर्भिक प्रश्न भनेर कमेन्ट गरेका छन् । नेपाली अभिनेत्री सुरक्षा पन्त र बेनिशा हमालले उनको बिचारको समर्थन गरेका छन् । उनीहरुले, सोचनीय विषय भन्दै सामाजिक सञ्जालमा राई को स्ट्याटस शेयर पनि गरेका छन् ।

कतिपयले सबैको कला र कलाकारलाई लिएर मन ठुलो बनाउनु पर्ने कमेन्ट समेत गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।