May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

आज नेता गणेशमान सिंहको १०९ औं जन्मजयन्ती

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:३३
आज नेता गणेशमान सिंहको १०९ औं जन्मजयन्ती
  • आज गणेशमान सिंहको १०९औं जन्मजयन्ती मनाइँदै
  • नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणीय ब्वाक्तित्व 
  • राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने महानता 

काठमाडौं ।। 

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०९ औं जन्मजयन्ती नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । प्रजातन्त्र पुनर्स्थापनाका लागि वि.सं. २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०९ औँ जन्मजयन्तीमा कांग्रेसले खास कार्यक्रम भने राखेको छैन् ।  नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।  ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।  वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका उनको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं. १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । वि.सं. २००७ अघि नै भद्रगोल जेल फोडेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ वि.सं. २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ । गणेशमानजयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । यसैबीच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् ।

लौहपुरूष गणेशमान सिंहको १०९ औं जन्मजयन्तिमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘जनतालाई डेलिभरी गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनु पर्ने सिंहले बताए ।  त्यस्तै सञ्चारकर्मीको जिज्ञासामा उनले तिहार पछि सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको पनि बताएका छन् । संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमति अनुसार नै गठबन्धन अघि बढ्ने सिंहको भनाई थियो । साथै भुकम्प प्रभावित नागरिकको सहयोगका लागि सरकार र सबै एकजुट भएर दुःख मा साथ दिनु पर्ने बताएका छन । जनताको सुखदुःखमा साथ दिन सक्नु नै आजको दिनमा सर्बोच्च नेता प्रतिको सच्चा श्रद्धाञ्जली हुने समेत बताए ।

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।