काठमाडौं ।।
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाएको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।
नागपञ्चमीको अवसरमा सोमबार काठमाडैंको नागपोखरीमा विधि पुर्याएर पूजा गरिएको छ । धार्मिक विश्वास राख्नेहरू बिहानै नागपोखरी पुगेर दूध चढाएर पूजाअर्चना गरेका छन् ।