July 2, 2025 | बुधबार, असार १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

न्यायालयले गरेका फैसला कार्यान्वयन नभए दण्डहीनता मौलाउँछ : प्रस्तावित प्रधानन्यायाधीश

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १२:४८
न्यायालयले गरेका फैसला कार्यान्वयन नभए दण्डहीनता मौलाउँछ : प्रस्तावित प्रधानन्यायाधीश
  • पारिवारिक विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने
  • उपत्यकामा एक – एक वटा इजलास बनाउने र महिलालाई कोर्ट शुल्क नलिने
  • न्यायालयले गरेका फैसला कार्यान्वयन नभए दण्डहीनता मौलाउने

काठमाडौं ।।

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने बताएका छन् । आफ्नो सुनुवाइका क्रममा संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसा लगायतको विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाइने बताए । काठमाडौं उपत्यकामा एक – एक वटा इजलास बनाउने र महिलालाई कोर्ट शुल्क नलिने समेत उनको योजना छ ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले अदालतहरुमा मुद्दाको बोझ बढेको समेत बताए । २०६१ सालमा देशभरका अदालतमा १ लाख १० हजार मुद्दा रहेकामा २०८० मा २ लाख ३७ हजार पुगेको भन्दै उनले भने, ‘न्यायाधीश बढे पनि मुद्दाको चाप थेगिनसक्नु छ ।’

साथै न्यायालयले गरेका फैसला कार्यान्वयन नभए दण्डहीनता मौलाउने बताए । फैसला कार्यान्वयन भए मात्र न्याय हुने भन्दै उनले अघि भने,‘फैसला कार्यान्वयन नभए दण्डहीनता मौलाउँछ । देवानी तुलनामा फौजदारीमा दण्ड जरिवाना असुली चुनौतीपूर्ण छ ।’

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट