May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

अख्तियारले एक वर्षमै १८ हजार २४५ उजुरीलाई लगायो वारपार

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १३:४९
अख्तियारले एक वर्षमै १८ हजार २४५ उजुरीलाई लगायो वारपार
  • आयोगले एक वर्षमा १८ हजार २४५ वटा उजुरीको काम सकायो 
  • अख्तियारले गत आर्थिक वर्ष २०७९-८० मा उक्त उजुरीहरु फछ्र्यौट गर्यो 

काठमाडौं ।।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा १८ हजार २४५ वटा उजुरी फछ्र्यौट गरेको छ । अख्तियारले गत आर्थिक वर्ष २०७९-८० मा उक्त उजुरीहरु फछ्र्यौट गरेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८-७९ बाट जिम्मेवारी सरेर आएका सात हजार १६२ समेत गरी कुल २७ हजार ५३० उजुरीहरु परेका थिए । परेका कुल उजुरीमध्ये ६६.२७ प्रतिशत फछ्र्यौट गरिएको अख्तियारले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा अख्तियारमा कुल २४ हजार ३३१ वटा उजुरी परेका थिए । ती उजुरीमध्ये १७ हजार १६९ उजुरी फछ्र्यौट गरिएको थियो ।

अघिल्लो आर्थिक वर्ष परेकामध्ये ७०.५६ प्रतिशत उजुरी फछ्र्यौट भएका थिए । गत आर्थिक वर्ष एक हजार ७३ वटा उजुरीलाई विस्तृत अनुसन्धानको लागि पठाइएको अख्तियारले जनाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो उजुरीको संख्या ८२३ रहेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट