May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

पृथ्वीनारायणको सालिक राख्न माग गर्दै प्रदर्शन

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १६:४0
पृथ्वीनारायणको सालिक राख्न माग गर्दै प्रदर्शन
  • पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै नाराबाजी 
  • मेयर धनराज आचार्यलाई पृथ्वीनारायण शाहकै सालिक राख्न आग्रह
  • राष्ट्रिय प्रजातन्त्र पार्टी र पृथ्वीनारायण शाहका समर्थक आक्रोशित

 पोखरा ।।

पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै राजतन्त्र पक्षधर एक समूहले पोखरा महानगरपालिका कार्यालय अगाडि आइतबार नाराबाजी गरेको छ ।

‘राष्ट्र निर्माता गौरव अभियान’ नामक समूहले पृथ्वीचोक सभागृह चोक हुँदै महानगर पुगेर मेयर धनराज आचार्यलाई पृथ्वीनारायण शाहकै सालिक राख्न आग्रह गरेको छ ।

साउन २४ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसको दिन पृथ्वीचोकमा रहेको लखन थापाको मुनि रहेको पृथ्वीनारायण शाहको प्रतिमा एक समूहले हटाइदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र पृथ्वीनारायण शाहका समर्थक आक्रोशित बनेका हुन् ।

सोही दिनदेखि पृथ्वीचोकमा लखन थापाको नभई पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले बलजफ्ती महानगरले नै प्रतिमा हटाइदिएको आरोप लगाउँदै आएका छन् ।

पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक २ वर्षअघि नै जामुनबोटमा अनावरणमेत भइसकेको छ । पृथ्वीचोकमा रहेको लखन थापासहित महानगरभित्रका सबै सालिक एक महिनाभित्र जामुनबोटमा स्थानान्तरण गरिसक्ने महानगरले जनाएको छ ।

‘प्रथम शहीद लखन थापाको सालिकसँगै रहेको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्वीर तत्कालका लागि सुरक्षित साथ महानगरमा राख्ने र लखन थापाको सालिकसहित सडकमा रहेका सालिकहरूलाई एक महिना भित्र व्यवस्थापनरस्थानान्तरण गर्न राजनीतिक दल, सरकारी निकाय तथा सम्बन्धित सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय तथा छलफल अघि बढाउने निर्णय भएको महानगरपालिका स्मरण गराउँदछ’, महानगरले एक विज्ञप्तिमार्फत भनेको छ ।

‘प्रथम शहीद लखन थापाको सालिकसँगै रहेको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्वीर तत्कालका लागि सुरक्षित साथ महानगरमा राख्ने र लखन थापाको सालिकसहित सडकमा रहेका सालिकहरूलाई एक महिना भित्र व्यवस्थापन-स्थानान्तरण गर्न राजनीतिक दल, सरकारी निकाय तथा सम्बन्धित सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय तथा छलफल अघि बढाउने निर्णय भएको महानगरपालिका स्मरण गराउँदछ’, महानगरले एक विज्ञप्तिमार्फत भनेको छ ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।