July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बिरामी पर्न थाले मिटरब्याज पीडित, सरकारसँगको वार्ता सर्‍यो

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १३:२७
बिरामी पर्न थाले मिटरब्याज पीडित, सरकारसँगको वार्ता सर्‍यो

काठमाडौं । लामो पैदल यात्रा र सडक आन्दोलनका कारण थकित बनेका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । अस्वस्थताकै कारण उनीहरुले सरकारसँगको वार्ता पनि बिहीबारलाई सारेका छन् । बुधबार मध्यान्हसम्म नियमित जस्तै धर्नामा जाने कि नजाने भन्नेबारेमै उनीहरु अन्योलमा छन् ।

काठमाडौंमा १२ दिन पैदल यात्रा हिंडेर आएका ७३ मध्ये ५५ जना भन्दा धेरैलाई मंगलबार रातिदेखि सञ्चो नभएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले जानकारी दिए ।

‘हामीले प्रेशर जाँच गरेका थियौं सबै जनाको लो पायौं । रुघा-खोकी तथा केहीलाई सामान्य ज्वरो पनि छ,’ दाहालले भने, ‘संघर्ष समितिका संयोजक मनोज पासवान आफैं बिसन्चो भएका कारण सरकारसँग वार्ता गर्नका लागि एजेन्डामा विस्तृत छलफल समेत हुन सकेको छैन ।’

बिरामीका कारण बुधबार बिहान सरकारी वार्ता टोली संयोजकलाई फोन गरेर बिहीबार मात्रै वार्ता गरौं भनेर जानकारी गराएको उनले बताए । अहिले काठमाडौंमा मिटर ब्याज पीडित हामी ११५ जना छौं, जसमध्ये हिंडेर काठमाडौं आएका अधिकांश बिरामी परे’ दाहालले भने ।

मंगलबार बिहानैदेखि टंगाल, भद्रकाली, माइतीघर र बानेश्वर धर्ना दिए पनि बुधबार धर्नाका कार्यक्रम तय गर्नै नसकेको दाहालको भनाइ छ । अब केही बेरमा पुनः छलफल गरेर आन्दोलनका कार्यक्रमलाई भने निरन्तर नै राख्ने पनि उनले बताए ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्