May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

विवाह गर्न चाहने निजामती कर्मचारीले सरकारी बिदा पाउने

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १0:३९
विवाह गर्न चाहने निजामती कर्मचारीले सरकारी बिदा पाउने
  • निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था
  • संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार
  • असाधारण बिदा र बेतलबी बिदा गरी ९ प्रकारका बिदा पाउँदै

काठमाडौं ।।

निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ । यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन ।

संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, लोक सेवा आयोग हुँदै पुनः सामान्य प्रशासन मन्त्रालयमा आइपुगेको विधेयकको मस्यौदामा कर्मचारीलाई विवाह बिदा पनि दिने व्यवस्था राखिएको छ ।

निजामती सेवा ऐन २०४९ को व्यवस्था अनुसार कर्मचारीहरुले हालसम्म भैपरी आउने र पर्व बिदा, घर बिदा, विरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा, अध्ययन बिदा, असाधारण बिदा र बेतलबी बिदा गरी ९ प्रकारका बिदा पाउँदै आएका छन् ।

अब यसमा विवाह बिदा पनि थपेर संघीय निजामती सेवाको विधेयक तयार पारिएको एक उच्च अधिकारीले जानकारी दिए । ‘विवाह बिदा तोकिए बमोजिम हुने भनेर मस्यौदामा लेखिएको छ,’ संघीय निजामती सेवा विधेयकको मस्यौदा निर्माणमा संलग्न ती अधिकारीले भने ।

लोक सेवा आयोगको परामर्शसहितको मस्यौदालाई सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने छ । त्यसपछि मन्त्रिपरिषदले निर्णय गरेर संसदमा, संसदबाट संसदीय समिति हुँदै पुनः संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेपछि विधेयक ऐनको रुपमा कार्यान्वयनमा आउँछ । यी सबै प्रक्रिया पूरा गर्दा कुनै काँटछाँट नभए कर्मचारीहरुले विवाह बिदा पनि पाउने छन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट