May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

भैंसीले स्कुलभित्र तहल्का मच्चाएपछि…..

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १0:२७
भैंसीले स्कुलभित्र तहल्का मच्चाएपछि…..
  • बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र प्रवेश
  • नियन्त्रणमा लिन वन कार्यालयको टोलीलाई खबर 
  • पढ्ने सबै विद्यार्थीहरुलाई माथिल्लो तलामा सारियो 
  • आतंक फैलाउने डरले प्रहरीको टोलीको निगरानी

काठमाडौं ।।

बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसी नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको टोलीलाई निम्ताएको छ । वन अपराध नियन्त्रण इकाइका अधिकृत अशोक पराजुलीका अनुसार प्राविधिक टोलीले डार्ट गरेर भैंसीलाई नियन्त्रणमा लिने तयारी भइरहेको बताए ।
भैंसी विद्यालयभित्र छिरे पछि विद्यालयले आज भुईंतलामा विद्यार्थीहरुलाई राखेको छैन । भुईंतलामा रहेका कक्षामा पढ्ने सबै विद्यार्थीहरुलाई माथिल्लो तलामा सारिएको छ ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । आतंकित जस्तो देखिने उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको थियो ।भैंसी विद्यालय परिसरभित्र रहेको गाडी राख्ने ग्यारेजमा शान्तपूर्वक बसिरहेको छ ।

यद्यपि फेरि आतंक फैलाउने डरले टेबुलरकुर्सिले घेरा बनाएर सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरिरहेका छन् । ‘ग्यारेज स्कुलको अलि कुनातिर छ, भैंसी त्यहीँ बसिरहेको छ,’ नयाँबानेश्वरका डिएसपी निशान्त श्रीवास्तवले भने, ‘वनको प्राविधिक टोली भैंसी नियन्त्रणमा लिन स्कुलमा आइपुगेको छ ।’

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।