sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सीके राउतको भाजपा नेताहरुसँग सुमधुर भेटघाट

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १५:४४
सीके राउतको भाजपा नेताहरुसँग सुमधुर भेटघाट
  • अध्यक्ष सीके राउत भाजपाको मूख्यालय नयाँ दिल्लीमा पुगे
  • भाजपा नेताहरुसँग पार्टी-पार्टी सम्बन्ध आदानप्रदान भए 
  • मंगलबार दिल्ली उडेका राउत र साह बिहीबार फिर्ने

काठमाडौं ।।

सत्तारुढ जनमत पार्टीका अध्यक्ष सीके राउत भाजपाको मूख्यालय नयाँ दिल्लीमा पुगेका छन् । भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाईवालेसँग उनी र उपाध्यक्ष दीपक साहले बुधबार दिउँसो भेट गरेका हुन् ।

कुरा गर्दै साहले भाजपा नेताहरुसँग पार्टी-पार्टी सम्बन्ध आदानप्रदानका कुराहरु भएको बताए । यसअघि पनि भाजपासँग आफूहरुको सम्बन्ध रहँदै आएको उनले बताए ।

‘राजनीतिक भेटघाट र दुई पार्टीबीच सहकार्यका बारेमा कुरा भयो,’ साहले भने, ‘हामी पहिले पनि आएका थियौं । चुनाव सकिएपछि दुई पार्टीको सम्बन्ध लगायतका विषयमा कुरा भएको छ । अरु ठोस कार्यसूची छैन । केही राजनीतिक भेटघाट र अध्यक्षज्यूका व्यक्तिगत कामसमेत छन् ।’

भाजपाले ट्वीट गर्दै जनमत पार्टी अध्यक्षसँग दुई पार्टीबीचको सम्बन्ध आदानप्रदान, बिस्तार तथा घनिष्टता वृद्धि गर्दै जाने बारेमा छलफल भएको जानकारी दिएको छ । उसले राउत र भाजपा नेता चौथाईवालेको तस्बिर समेत राखेको छ ।

विगतमा भाजपा भारतको सत्तामा आउने बेलामा राउतले नेपालमा पृथकतावादी नारा दिएर अभियान चलाएका थिए । त्यस बेला भारतका नेताहरुबाट आफूले चाहेजस्तो सहयोग नपाएको बताउने गरेका राउतले मूलधारको राजनीतिमा प्रवेशसँगै भारतीय पक्षको स्वागत पाएको देखिन्छ ।

नेपालमा राउतको दल जनमतबाट भर्खरै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा सहभागिता समेत भइसकेको छ । मंगलबार दिल्ली उडेका राउत र साह बिहीबार फिर्ने कार्यक्रम छ ।

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid