May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

हामी आफैँ पैसा हालेर भए पनि फर्कन तयार छौं, हामीलाई बचाउ सरकार : नेपाली विद्यार्थी

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १३:३१
हामी आफैँ पैसा हालेर भए पनि फर्कन तयार छौं, हामीलाई बचाउ सरकार : नेपाली विद्यार्थी
  • द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुले आक्रोश पोखे
  • जहाज पठाउन पैसा छैन भन्छ सरकार, हामी आफैँ पैसा हालेर फर्कन तयार छौं,”
  • हमासमाथि ठूलो आक्रमण गर्ने तयारी गर्दैछ

काठमाडौं ।।

सरकारले उद्धारमा ढिलाई गरेपछि इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुले आक्रोश पोखेका छन् ।  सरकारले आफूहरुको सुरक्षालाई भन्दा पनि बढी प्राथमिकता पैसालाई दिएको आरोप उनीहरुको छ । “अरु देशले हामीसँगै रहेका आफ्ना नागरिकलाई धमाधम उद्धार गरिरहेका छन्,” अहिले इजरायलको रमतनिगवस्थित जिमान फार्ममा रहेका दाङका विपिन सुवेदीले भने, “हाम्रो सरकार जहाज पठाउन अनुमति पाइएन भन्छ । अरु देशका जहाज आउन पाउने, नेपालको जहाज आउन नपाइने कारण के रहेछ ?”

अहिले जिमान फार्ममा ९० जनाभन्दा बढी नेपालीहरु रहेका छन् ।  द्वन्द्वग्रस्त क्षेत्रको बंकरभित्र रहेका उनीहरुलाई इजरायली सेनाले मंगलबार र बुधबार उक्त स्थानमा सारेको हो । जिमान फार्म इजिप्टको सीमाना नजिक रहेको छ । “अरुको जहाज यहाँको विमानस्थलमा आइरहेको हामीले देखिरहेका छौं । हाम्रो सरकारले नपठाउनुको कारण के हो हामीले बुझ्न सकेका छैनौं,” सुवेदीले भने । सरकारले उद्धारमा जानाजानी ढिलो गरेको इजरायलमा रहेका विद्यार्थीको बुझाई छ ।  “सरकारसँग जहाज पठाउन पैसा छैन भने भन्नुपर्‍यो । हामी आफैँ पैसा हालेर फर्कन तयार छौं,” सुवेदीले आक्रोसित हुँदै भने ।

आफूसँगै रहेका कम्बोडियाका साथीहरुलाई कम्बोडियाले उद्धार गरी लगिसकेको उनले सुनाए ।  अहिले उनीहरुलाई कसैले खाना पनि उपलब्ध गरेका छैनन् । आफूसँग भएको पैसाले किनेर खानुपरेको उनले बताए । सरकारले उद्धारमा ढिलाई गर्दा त्यहाँ रहेका विद्यार्थीहरुमा मानसिक समस्या देखिन थालेको उनले जनाए । “इजरायल सरकारले आफ्ना नागरिकलाई तीन दिन भित्र दुई–तीन महिनाको लागि देश छोडेर अन्य देशमा विदा मनाउन जाउँ भन्दैछ । हमासमाथि ठूलो आक्रमण गर्ने तयारी गर्दैछ । इजरायलले आफ्नै नागरिकलाई बाहिर जाउँ भनिरहेको बेला यहाँ हामी कसरी सुरक्षित हुन सक्छौं । हाम्रो मानसिक अवस्था कसरी ठिक हुनसक्छ ?,” सुवेदीले भने ।

इजरायलमा रहेको नेपाली दूतावासले आफूहरुसँग राम्रो व्यवहार नगरेको बुझाई उनीहरुको छ । दूतावासका कर्मचारीले फोन नउठाउने, उठाइहाले पनि झर्किने गरेको उनले सुनाए । “अहिले हाम्रोलाई नेपाल फर्किनु महत्वपूर्ण हो । यही आशमा बसेका छौं,” सुवेदीले बताए ।  इजरायलमै रहेका अर्का विद्यार्थी लुइस रिजालले कम्बोडिया, थाइल्यान्डले आफ्ना नागरिक लगिसक्दा पनि आफूहरु त्यहीं रहनुपर्दा सरकार नभएको महसुस गरेका छन् ।

“चार दिन भैसक्यो मिटिङ बस्दै छौं भनिरहेको छ । प्राथमिकता केलाई दिने भन्ने कुरा नै अहिलेसम्म सरकारले छुट्याउन सकेको छैन,” सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियोमा उनले भनेका छन्, “हाम्रो साथीहरु जो हामीले गुमाएका छौं सरकार उनीहरुको मूल्य तोकेर बसेको छ मिटिङमा । कहिले आठ लाख भनेको छ, कहिले १० लाख भनेको छ, कहिले १५ लाख भनेको छ ।”  इजरायलस्थित नेपाली दूतावासमा फोन गर्दा कर्मसिएल प्लेन चलाउन मिल्छ तर त्यसको लागि पैसा चाहिने बताएको उनले जनाए ।

“पैसाको जिम्मा कस्ले लिने भन्ने कुरा आएको छ । पैसा हाल्न पर्‍यो भने पनि हामी हाल्न सबैजना तयार छौं । कि सरकारले पैसा हाल्न सक्दैनौं भन्न पर्‍यो । होइन भने हामीलाई साँझसम्म सूचना  दिनुपर्यो  ,” रिजालले भनेका छन् । रिजालकै समूहमा रहेकी नेपाली एक जना छात्राले आफूहरु बसेको ठाउँ सुरक्षित नरहेको बताएकी छन् ।

“हामीलाई जहिले पनि मानसिक रुपमा बलियो बन भन्छन् । पाँच दिन भयो यहाँ रहेको । बन्दुकको आवाज सुनिएको सुनिएै छ । हामीलाई जहाँ राखिएको छ त्यहाँ पूर्ण सुरक्षित छैनौं । १६ अक्टोबरबाट इजरायलबाट जहाज कतै पनि बाहिर जान नदिने कुरा चलिरहेको छ । इजरायलको मान्छेलाई तिमीहरु बिदामा जाऊ भनेर भनिसकेको छ इजरायलले । दुई-तीन महिना बिदामा जाऊ, सेटल भएपछि आऊ भन्छ । यस्तो अवस्थामा हामीलाई लिन सरकार किन आएको छैन,”  उनले आश्चर्य प्रकट गरिन् ।

इजरायलमा रहेका विद्यार्थीले आफूहरुलाई जीवित भएको देख्न चाहने हो भने छिटोभन्दा छिटो आफूहरुको उद्धार गर्न सरकारसँग अनुरोध गरेका छन् । “लाज मर्दो कुरा के भने नि हवाइजहाज उड्ने कि नउड्ने  भनेर टुंगो लाग्नै चार दिन बितिसक्यो तर केही टुंगो छैन । सबै मिडियालाई आफ्नो  भ्युज बढाउन चिन्ता छ र नेतालाई आफुले क्रेडिट लिन । अनि हामी भने धोबीको कुकुर न घरको न घाटको,” रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।