May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

प्रमोदको ‘प्रियसी’मा प्रकाश र समीक्षाको अभिनय

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० 0६:१0
प्रमोदको ‘प्रियसी’मा प्रकाश र समीक्षाको अभिनय

काठमाडौं- गायक प्रमोद खरेलको स्वर रहेको प्रियसी बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा गीतकार कुमार शिवाकोटीका शब्द तथा पुष्प गजमेरको संगीत रहेको छ। सुमित विश्वकर्माको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ भारतको चेन्नईमा गरिएको हो। भिडियोले आफूलाई भन्दा पनि बढी माया गरेकी प्रेमिकाले दिएको धोकापछिको अवस्थालाई देखाएको छ।

आफूले माया गरेको मान्छेले धोका दिएपछि एउटा प्रेमीले सबै कुरा त्यागेर हिड्नुपरेको अवस्थालाई निर्देशक निकेश खड्काले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्।

जसमा गायक तथा मोडल प्रकाश सपुत र समीक्षा पोखरेलको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन्। अमेरिकामा रहेका गीतकार शिवाकोटीले यसअघि ‘भिझाएर आँशु’, पिरतीको खेल र ‘सानीलाई’ बजारमा ल्याइसकेका छन् भने उनका सिउँडीको काँडैमा र हामी नेपाली बोलका गीतहरु रिलिजको क्रममा रहेका छन्।

गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन्। सार्वजनिक गीतको भिडियो जन्मभूमि इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० 0६:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट