May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

मस्यौदा बनाउन सुवास नेम्बाङलाई दिंदा ओली परे अप्ठेरोमा

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १६:0२
मस्यौदा बनाउन सुवास नेम्बाङलाई दिंदा ओली परे अप्ठेरोमा
  • बैठक नबस्नुमा केपी ओलीको प्रतिकूल स्वास्थ्यमात्रै कारक थिएन
  • सहमतिको मस्यौदा बन्न र संसद खुल्न बुधबारसम्म कुर्नुपर्‍यो
  • मस्यौदा बनाउन ओलीले सुवास नेम्बाङलाई दिएका थिए जिम्मा 

काठमाडौं ।।

मंगलबार सर्वदलीय बैठक नबस्नुमा एमाले अध्यक्ष केपी ओलीको प्रतिकूल स्वास्थ्यमात्रै कारक थिएन । सुन तस्करी काण्ड छानबिनका लागि प्रस्तावित आयोग गठनबारे उनका फरक बुझाइले समेत काम गरेका थिए । त्यसैले सहमतिको मस्यौदा बन्न र संसद खुल्न बुधबारसम्म कुर्नुपर्‍यो ।

जाँचबुझ आयोग गठनको कार्यादेश र मस्यौदा बनाउन ओलीले आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष सुवास नेम्बाङलाई खटाएका थिए । कांग्रेसबाट रमेश लेखक र माओवादीबाट हितराज पाण्डे सहित नेम्बाङले सहमतिको ड्राफ्ट मंगलबार नै तयार पारेका थिए । ओलीले नेम्बाङलाई मंगलबार साँझ बालकोट बोलाएर यसबारे ब्रिफिङ समेत मागेका थिए ।

बुधबार ११ बजे सिंहदरबारमा डाकिएको सर्वदलीय बैठकमा भने ओली र नेम्बाङबीचको सौहार्दतामा केही तलमाथि परेको प्रष्टै देखियो । सर्वदलीय बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीसँग दुई बुँदे सहमतिको ड्राफ्टलाई लिएर नेम्बाङको सामान्य भनाभन पर्‍यो ।

‘के लेख्या यस्तो ?  यस्तै हुन्छ सहमतिको ड्राफ्ट ? ’ ओलीले सबैका सामू नेम्बाङतिर हेर्द भने, ‘लेख्न त नेपालीमै लेख्या हो । अलिक भाषा सिकाउनुपर्ने जस्तो छ ।’ ओलीको प्रस्तुतिले बैठकमा असहजता छाएको थियो । नेम्बाङले पनि आफ्नो दलका अध्यक्षको प्रस्तुतिसँग संकोच माने । उनले ओलीतिर नेहेरीकन जवाफ फर्काए, ‘लेख्नुपर्ने कुरा त्यहीँ लेखेको छ । भाषाको ज्ञान हुनेहरुले आफैं बुझ्नुपर्ने हो ।’

ओलीले दुई बुँदे सहमतिको कुन शब्द वा प्रसंगमा चित्त नबुझाएका हुन् भन्ने कुरा बैठकका सहभागीहरुले खुलाएनन् । बैठकले सुन काण्डको छानबिन गर्न असोजमा जाँचबुझ आयोग बनाउने लगायतका सहमति गरेको छ ।

 

 

 

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।