May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

स्कुल बसमा मोटरसाइकल ठोकिंदा चालकको मृत्यु

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १६:११
स्कुल बसमा मोटरसाइकल ठोकिंदा चालकको मृत्यु
  • विद्यार्थी सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
  • चालकको मृत्यु भएको विरोधमा सडक बन्द
  • दिउँसो १ बजेदेखि सडक बन्दगरी टायर बालेर प्रदर्शन

जनकपुरधाम ।।

जनकपुर जलेश्वर सडक खण्डमा विद्यार्थी सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले सडक बन्द गराएकाछन् । जनकपुरधामको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) स्कुलको बा २ क १५३६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ८ प ९२६७ मोटरसाइकललाई ठक्कर दिँदा चालक जलेश्वर नगरपालिका ९ बस्ने ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको थियो । बसको ठक्करबाट घाइते भएका यादवको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए ।

उनको मृत्युपछि स्थानीय बासिन्दाले बस चालकलाई पक्राउ गरी कारबाही अघि बढाउन र मृतक मोटरसाइकल चालकको परिवारलाई राहत दिन माग गर्दै प्रदर्शन गरेका हुन् । दुर्घटनापछि बसका चालक फरार छन् । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । स्थानीय बासिन्दाले भने बिहीबार दिउँसो १ बजेदेखि सडक बन्द गराएर टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १६:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।