March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी

पक्रिन वा अनुसन्धान गर्न केहि सोध्नु र सोच्नु पनि पर्दैन : गृहमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० ११:५९
पक्रिन वा अनुसन्धान गर्न केहि सोध्नु र सोच्नु पनि पर्दैन  : गृहमन्त्री
  • भ्रष्टाचारको अनुसन्धानमा सरकार निर्भिकतापूर्वक अघि बढ्नेछ ।
  • कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर सोध्नुपर्दैन ।
  • जो अपराध छ, दुष्कर्म छ, ठगी छ, ती सब गतिविधिहरुका विरुद्ध अगाडि बढ्नुस् ।

काठमाडौं ।।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा सरकार निर्भिकतापूर्वक अघि बढ्ने बताएका छन् ।

अनुसन्धान गरिरहेको प्रहरीलाई पनि दोषी नउम्किन् र निर्दोष नफसुन् भनेर निर्देशन दिइएको उनले जानकारी दिए ।
आज काठमाडौंको एक कार्यक्रममा मन्त्री श्रेष्ठले अनुसन्धानको क्रममा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई सोध्न नपर्ने भनेर प्रहरीलाई भनेको बताए ।

‘कानुनको दायरामा ल्याउने काममा निर्भिकतापूर्वक अगाडि बढ्नुपर्छ । व्यक्तिको बारेमा सोच्नुपर्दैन । गो अहेड भनिएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘पुलिसलाई भनिएको छ, तपाईंहरु अझै अनुसन्धान गर्नुस् ।’

एउटा-एउटा केसमा र एउटा-एउटा व्यक्तिको बारेमा निर्देशन नदिने बताउँदै उनले भने, ‘कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने, अनुसन्धान गर्ने कि नगर्ने भनेर निर्देशन नपठाउन भनेको छ । जो अपराध छ, दुष्कर्म छ, ठगी छ, ती सब गतिविधिहरुका विरुद्ध अगाडि बढ्नुस्, स्वच्छ अनुसन्धान गर्नुस्, गम्भीर अनुसन्धान गर्नुस्, जो दोषी छ, तथ्य र प्रमाणले पुष्टि गर्छ तिनलाई कानुनको दायरामा ल्याउनुस् । यसमा सोध्नुपर्दैन ।’

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० ११:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट