sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

८ वर्ष पुरा हुँदा पनि टीकापुर घटनाले पाएन न्याय

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १६:३४
८ वर्ष पुरा हुँदा पनि टीकापुर घटनाले पाएन न्याय
  • कैलालीको टीकापुर घटनाले ८ वर्ष पुरा गर्यो  
  • सम्झनाको रुपमा घर्ष समितिको विद्रोह सभा
  • टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहा गर्न माग
  • अध्‍यक्ष चन्द्रप्रसाद चौधरीले टीकापुर घटनालाई गम्भीर रुपमा नलिए फेरि अर्को विद्रोह हुन सक्‍ने चेतावनी

काठमाडौं ।।

८ वर्षअघि कैलालीको टीकापुरमा भएको थरुहट थारुवान आन्दोलनलाई बिहीबार थारू कल्याणकारिणी सभा र थरूहट थारूवान संयुक्त संघर्ष समितिले विद्रोह सभाको रुपमा सम्झना गरेको छ । २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहटरथारुवान आन्दोलनका क्रममा थारु समुदायमाथि आक्रमण भएको विरोधमा टीकापुर विद्रोह सभाको रुपमा मनाएको थारु कल्‍याणकारिणी सभाको उपत्यका आन्दोलन परिचालन समितिका संयोजक सुमन चौधरीले बताए ।

उनीहरूले टीकापुर घटनाका क्रममा लगाइएका झुठा मुद्दा फिर्ता गर्नुपर्ने र थारू कल्याणकारिणीसभा लगायतका थारू संघ संस्थासँग विभिन्‍न समयमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहा गर्न माग गरे ।

टीकापुर घटना थारू समुदायको हक अधिकार र पहिचानलाई स्थापित गराउने आन्दोलन भन्दै उनले भने, ‘तर राज्‍यले थारूमाथि चरम दमन गर्‍यो र अधिकार माग्‍नेलाई जेल हाल्यो । उनीहरूको चाँडै रिहाइ होस् ।’ नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्‍यक्ष चन्द्रप्रसाद चौधरीले टीकापुर घटनालाई गम्भीर रुपमा नलिए फेरि अर्को विद्रोह हुन सक्‍ने चेतावनी दिए ।

बिहीबार नै कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा थारु अगुवा तथा विभिन्‍न राजनीतिक दलका नेताहरु सहभागी भए । उनीहरुले टीकापुर घटनालाई राज्‍यले राजनीतिक घटनाका रुपमा लिएर सबै बन्दीलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ । संविधान निर्माणका बेला थरुहट थारुवान छुट्टै प्रदेश हुनुपर्ने माग गर्दै कैलालीको टीकापुरमा थारु समुदायले आन्दोलन गरेका थिए ।

त्यस क्रममा आन्दोलनकारी पक्षबाट भएको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र एक बालकको हत्या भएको थियो । यो घटनामा दोषी ठहर भएका रेशम चौधरी पाँच वर्ष जेल परेपछि गत १५ जेठमा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भए भने सोही घटनाका कतिपय दोषीहरु जेलमै छन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid